१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा क्यान्सर, मुटु र मिर्गाैला रोगी बढ्दै


१ श्रावण २०७३, शनिबार  

0
Shares

­झापा / झापामा चालु आवमा ५८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन् । क्यान्सर रोगीको संख्या २३८ जना रहेकोमा १२६ जना महिला र ११२ जना पुरुष रहेको कार्यालयले जनाएको छ । गत आवमा क्यान्सरका २२७ जना रोगी फेला परेका थिए । त्यस्तै, मुटु रोगीको संख्या आवको असार ९ गतेसम्मको अवधिमा १३१ रहेको कार्यालयले जनाएको छ जसमा ६० महिला र ७१ पुरुष रहेका छन् ।
गत वर्ष भने १२२ जना मुटु रोगमा बिरामी झापामा फेला परेका थिए । झापामा क्यान्सर, मुटु पछि उस्तै भयावह भन्दै गएको मिर्गाैला रोगीको संख्या ६९ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये २० जना महिला र ४९ जना पुरुष रहेका छन् । गत आवमा यो रोगबाट ६६ जना पीडित बनेको कार्यालय प्रमुख चन्द्रदेव मेहताले जानकारी दिनुभयो । नसर्ने भनिएका यी रोगको उपचारमा सरकारले रु एक लाखसम्म उपचार खर्च ब्यहोर्न थालेपछि कार्यालयमा सिफारिस लिन ५ वर्षदेखि ७४ वर्षसम्मका व्यक्ति आउने गरेको प्रमुख मेहताले बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको तुलनामा यी तीनै रोगका बिरामीको संख्याmutuमा वृद्धि भएको छ । मेहताले सन्तुलित खानाको कमी, नियमित व्यायाम नगर्ने र प्रदूषणयुक्त वातावरणको असरका कारण पनि यी रोगका बिरामी बढ्दै गएको बताउनुभयो ।

प्रकाशित मिति : १ श्रावण २०७३, शनिबार  ६ : ०४ बजे