१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगन्जबाट ६ सय ७० लाई नागरिकता


२७ असार २०७३, सोमबार  

0
Shares

गौरीगन्ज / nagriktaइलाका प्रशासन कार्यालय गौरीगन्जबाट ६ सय ७० जनाले नागरिकता लिएको तथ्यांकले देखाएको छ । झापाको दक्षिणी सीमावर्ती गाविस गौरीगन्जमा २०७२ साल चैत २६ गते गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगन्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गरी स्थापना गरिएको कार्यालयबाट यही असार १५ गतेसम्ममा नागरिकता दिलाइएको हो ।
इप्रका गौरीगन्जले नागरिकता, राहदानी, नाबालक परिचयपत्र, उजुरी, शान्तिसुरक्षा, बजार अनुगमन र सीमा निरीक्षणजस्ता काम गर्दै आएको छ । इप्रकाका शाखा अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार यही असार १५ गतेसम्ममा ४४१ जनाले नागरिकताको प्रतिलिपि र सात जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नाबालक परिचयपत्र १५ जना र द्रुत राहदानी सिफारिस ११६ जनाले लिएको आचार्यले बताउनुभयो । यसैगरी ४८० जनाले नयाा राहदानी लिएका छन् । संस्था नवीकरण दुई तथा ठाडो उजुरी निवेदन १६ जनाको परेको छ । हाल झापामा सदरमुकाम चन्द्रगढी, दमक र गौरीगन्ज प्रशासनबाट नागरिकता, राहदानी लगायत सेवा प्रदान भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७३, सोमबार  १२ : ५३ बजे