८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि दिनेश राजबंशी छनौट छनौट


२६ असार २०७३, आइतबार  

0
Shares

गौरीगंज / अखिल नेपाल फुटबल संघले बंगलादेशविरुद्ध हुने दुइ मैत्रीपूर्ण खेलको लागि dinesh rajbanshi 2 हुनु भएको छ ।

संघले दिनेश राजबंशी सहित २१ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । अनिल गुरुङको कप्तानी रहेको टोलीमा ३ गोल रक्षक, ९ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड रहेका छन् । किरण कुमार लिम्बु, विकेश कुथु, बिशाल श्रेष्ठ, बिराज महर्जन, दिनेश राजबंशी, अनन्त तामाङ, आदित्य चौधरी, जितेन्द्र कार्की, देवेन्द्र तामाङ, रबिन श्रेष्ठ, रजिन धिमाल, मन बहादुर तामाङ, सुजल श्रेष्ठ, बिशाल राई, राजेन्द्र रावल, अन्जन बिष्ट, सुमन लामा, नवयुग श्रेष्ठ, भरत खवास, रन्जन बिष्ट, अनिल गुरुङलाई टिममा समावेश गरिएको छ । जापानिज प्रशिक्षक ग्योतोकु कोजीले एक महिने प्रशिक्षण पछि टोलीको छनोट गरेका हुन् । नेपालले ३१ असार र २ साउनमा बंगलादेश संग खेल्दैछ । राजवंशी विराटनगरका हुन् ।

प्रकाशित मिति : २६ असार २०७३, आइतबार  १ : ३९ बजे