६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

सोनु धिमाल अभिनित म्युजिक भिडियो सार्वजनिक


२४ जेष्ठ २०७३, सोमबार  

0
Shares

विर्तामोड  /झापा विर्तामोडकी सोनु धिमाल अभिनित म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।sonu_dhimal

गायिका शोभा अधिकारी र आर के खत्रीको आवाज रहेको तिमि मेरो धड्कन बोलको गितमा सोनुले अभिनय गरेकी हुन् । म्युजिक भिडियोमा सोनुलाई राजबाबु विसिले साथ दिएका छन् । नव निर्देशक सुवास संकल्पले निर्देशन गरेको सो म्युजिक भिडियोको छायाङ्कन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । थ्रि डि प्रोडक्सन नेपाल, इटहरीले म्युजिक भिडियो बजारमा ल्याएको हो । नेपालको विभिन्न स्थानमा स्टेज सो हरुमा नृत्य प्रस्तुत गरिसकेकी सोनुले अन्य म्युजिक भिडियोमा समेत अभिनय गर्ने तयारी गरिरहेकी छिन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७३, सोमबार  १ : १७ बजे