१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रथम क्षेत्रिय राजवंशी फुटबल खेलको उपाधि चकचकीलाई


२२ जेष्ठ २०७३, शनिबार  

0
Shares

 

हल्दिबारी २२ जेठ /  झापाको हल्दिवारी उच्च माविमा सञ्चालन भइरहेको प्रथम क्षेत्रिय राजवंशी फुटबल टुर्नामेन्टमा  चकचकी युवा समाजको चकचकी टीमले जित हासिल गरेको छ । चकचकी युवा समाजको चकचकी टीम र हल्दिबारी युवा समाजको हल्दिबारी ‘ए’ टीमबीच ७० मिनेटको खेलमा दुबै टीमबाट १–१ गोल बराबरी भएपछि पेनाल्टी खेल गराइएको थियो ।
चकचकी युवा समाजको चकचकी टीमले   हल्दिबारी युवा समाजको हल्दिबारी ‘ए’ टीमलाई
२ गोलको अन्तरले हराएको हो ।  राजवंशी समाज विकास समिति हल्दिबारीको आयोजनामा भएको फाइनल खेलमा प्रथम विजेतालाई नगद १० हजार रुपैयासहित ट्रफी र दोस्रो हुनेलाई नगद ५ हजार रुपैयाँसहित ट्रफीे राजवंशी समाज विकास  समितिका झापा अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले प्रदान गरेका थिए ।  सर्वाधिक गोल गर्ने उत्कृष्ट खेलाडी हिरण राजवंशीलाई २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।  राजवंशी समाजभित्रका उत्कृष्ट खेलाडीहरुलाई एकीकृत गरी झापामा राष्ट्रिय स्तरको फुटबल टिम उत्पादन गर्ने उद्येश्यले यो टुर्नामेन्टको आयोजना गरिएको अध्यक्ष राजवंशीले बताए ।  ट्रफीमा जातिय पहिचान झल्किने ओखली र मुस्ली (छाम गह्इन) कुदिएको काठको बनाइएको थियो ।  दुबै टीमबाट उत्कृष्ट ३७ जना खेलाडीहरुलाई छनौट गरी राष्ट्रिय स्तरको टीमसमेत  घोषणा गरिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७३, शनिबार  ३ : ५८ बजे