१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बार्सिलोनाका फवार्ड नेयमार दीर्घकालीन सम्झौता गर्न तयार


२१ जेष्ठ २०७३, शुक्रबार  

0
Shares

काठमाडौं २१,  जेठ  /  बार्सिलोनाका फवार्ड नेयमार दीर्घकालीन सम्झौता गर्न तयार भएको स्पोर्टिङ डाइरेक्टर रोबर्ट फर्नान्डेजले बताएका छन् ।

२४ वर्षे ब्राजिलका कप्तान नेयमारको बार्सिलोनासँगको सम्झौता २०१८ सम्म छ । तर, उनलाई भित्र्याउन रियल मड्रिडसहितका क्लबले चासो देखाएका छन् ।

बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रोबर्ट फर्नान्डेजले भनेका छन्, उनी लामो समयसम्म रहने छन् ।’ यो सिजन नेयमारले ३१ गोल गरेका छन् । र, बार्सिलोनाले यो सिजन ला लिगा र कोपा डेल रेको उपाधि जितेको छ ।

उनले डिफेण्डर मासेनारो पनि क्लबमै रहने दाबी गरे । उनको सम्झौता २ वर्षको बाँकी छ तर, युभेन्टस जान चाहेको चर्चा छ ।

२०१० मा लिभरपुलबाट बार्सिलोना गएका ३१ वर्षका मासेरानो त्यसयता बार्सिलोना टिमका महत्वपूर्ण सदस्य रहँदै आएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७३, शुक्रबार  १ : ३९ बजे