७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मिस पूर्वाञ्चल विजेताले पाउनेछिन् स्कुटी र थाइल्याण्ड घुम्ने अवसर


२० जेष्ठ २०७३, बिहिबार  

0
Shares

पूर्वको ठूलो सौन्दर्य प्रतियोगीता ‘मिस पुर्वाञ्चल’को सातौ संस्करण शुरु भएको छ । सुनसरी, मोरङ, झापा, धनकुटा, पाँचथर र सिरहाबाट सहभागी युवतीहरुलाई र्‍याम्पवाक, क्याटवाकसहित, वाचन कला, सौन्दर्य, स्वास्थ्य, पर्यटन लगायत व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण बुधबारबाट सुरु गरिएको छ ।

प्रियारानी लामाले कोरियोग्राफी सिकाइरहेकी छिन् भने विभिन्न क्षेत्रका विज्ञहरुले नियमित प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

यसपटककी विजेताले चाँदी र बहुमुल्य पत्थर जडित ‘क्राउन’ पाउने छिन् । तर विजेताले आफ्नो अवधी सकिएपछि नयाँ मिस पूर्वाञ्चललाई चाँदी र क्राउन हस्तान्तरण गर्नुपर्छ । आयोजकले यसपटकबाट रनिङ ताजको व्यवस्था गरेकोे ईभेन्ट डाईरेक्टर सौरभ श्रेष्ठले बताए ।

सिल्भर इन्टरटेन्मेन्ट र हाईट इभेन्टको आयोजनामा हुने मिस पूर्वाञ्चलका सहभागीहरुबीच असार ११ गते धरान सभागृहमा फाइनल प्रतिष्पर्धा हुनेछ । प्रतियोगीतामा विजयी हुनेले ‘नेपाल आइस नेचुरा मिस पुर्वान्चल २०१६’ उपाधीसहित यामाहा फेसिनो स्कुटी र बैंकक घुम्ने अवसर पाउने छिन् भने फस्टरनर अपले ५१ हजार , सेकेन्ड रनर अपले ३१ हजार र अन्य टाइटल बिजेताहरुले १० हजार  पुरस्कार पाउनेछन्  ।miss-purbanchal

प्रकाशित मिति : २० जेष्ठ २०७३, बिहिबार  ७ : ०४ बजे