३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

इटली र स्पेन विजयी, स्विडेन बराबरीमा रोकियो


३२ जेष्ठ २०७३, मंगलबार  

0
Shares

 uroयुरो कप २०१६ अर्न्तगत गएराति सम्पन्न खेलहरुमा इटाली र स्पेनले जित हात पार्दा स्विडेन भने बराबरीमा रोकिएको छ। पहिलो खेलामा डिफेन्डिङ च्याम्पियन स्पेनले चेक गणतन्त्रविरुद्व संघर्षपूर्ण जित निकालेको छ। पहलो हाफ बराबरीमा सकिएको उक्त खेलमा स्पेनका जेरार्ड पिकैले ८७औं मिनेटमा गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। त्यसपछि खेलमा कुनै गोल भएन र स्पेन १-० ले विजयी भयो।
अधिकाशं समय बल आफ्नो नियन्त्रणमा राखेको स्पेनका धेरै गोलका प्रयासहरु चेक गोलकिपर पिटर चेकले रोकेका थिए।

हिजै पेरिसको स्टाडे दि फ्रान्समा सम्पन्न दोस्रो खेलमा स्विडेन आयरल्याण्डसँय एक एक गोलको बराबरीमा रोकिएको छ। बलिायो मानिएको स्विडेनविरुद्ध आयरल्याण्डले सुरुवातदेखि नै स्विडेनलाई दबाब दिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा आयरल्याण्डका वेस होलहनले हाफ भलिमा उत्कृष्ट गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। तर खेलको ७१औं मिनेटमा आयरल्याण्डका क्यारन क्लार्कले आत्मघाति गोल गर्दा ऐतिहासिक जिततर्फ अग्रसर आयरल्याण्डले खेल एक एकको बराबीमा चित्त बुझाउन पर्यो।

त्यस्तै ग्रुप अफ डेथ मानिएको समूह इ को पहिलो खेलमा गत संस्करणको उपविजेता इटालीले बेल्जियमलाई पराजित गरेको छ। स्टेडे लियोनमा सम्पन्न खेलको ३२औं मिनेटमा लियोनार्दो ब्रुनोस्किले दिएको पासमा जिएचियारिनेले गोल गर्दे स्पेनलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा खेल सुधारेपनि बेल्जियम खेलमा फर्कन सकेन। खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा एन्ड्रियो कानड्रेभाको पासमा गाजियानो पेल्लेले भलिमार्फत् उत्कृत गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।

प्रकाशित मिति : ३२ जेष्ठ २०७३, मंगलबार  १ : ४५ बजे