१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

३ महिने पेटानी तालिम सम्पन्न


३१ जेष्ठ २०७३, सोमबार  

0
Shares

 

petani readyविर्तामोड / राजवंशी समाज विकास समिति झापाद्वारा सञ्चालित ३ महिने पेटानी तालिम सोमवार सम्पन्न भएको छ ।  झापाको शनि अर्जुन नगरपालिका वार्ड नं. २ बैशाबारीमा सञ्चालित पेटानी तालिमको समापन माननीय सांसद प्रेम गिरीले गरेका थिए । पर्यटन वोर्डको ४ लाख रुपैयाँ, सांसद मिलन कुमारी राजवंशीको १ लाख रुपैयाँ र स्थानिय जनसहयोगको १ लाख रुपैयाँको सहयोगबाट सञ्चालित तालिममा ११ जना सहभागि थिए । तालिमको सहजीकरण अकालुलाल सिंह र चिन्तादेवीले गरेकी थिइन् । राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकार चन्द्रसिहं राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि शनि अर्जुन नगरपालिकाका अधिकृत रुद्र न्यौपाने, अभियान नेपालका अध्यक्ष प्रसाद गुरागाई, पत्रकार इन्द्रसिंह राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी, पानी लाल राजवंशी र संचारकर्मी विनोद पाण्डे, रन्जित प्रसाई लगायतको आतिथ्यता रहेको थियो । राजवंशी महिला समितिको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन समितिकी अध्यक्ष नविना राजवंशीले गरेकी थिइन् ।

petani2 ready

प्रकाशित मिति : ३१ जेष्ठ २०७३, सोमबार  ३ : २७ बजे