विर्तामोड । कानुन तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले बर्तमान सरकार तत्काल परिवर्तन नहुने बताएका छन् ।
विहीबार प्रेस चौतारी झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खरेलले २०७४ साल माघ ७ गतेसम्म सरकार परिवर्तन नहुने बताएका हुन् ।
उनले सरकारले प्रतिनिधि सभाको निर्वाचन गरेर मात्र सरकार परिवर्तन हुने जानकारी दिए ।
उनले बर्तमान चर्चामा रहेको राष्ट्रिय सहमतिको सरकारको प्रसङ्ग कोट्याउँदै भने– ‘सबै दल मिलेर आए राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न पनि नेकपा एमाले तयार छ ।’
मन्त्री खरेलले सरकारले ल्याएको बजेट जनपक्षीय भएको बताउँदै व्यवस्थापिका संसदमा टेबुल भइरहेको र यही वर्षे अघिवेशनबाट पास हुने समेत बताए ।
प्रमुख प्रतिपक्षी दलले पनि बजेटको दार्शनिक पक्षमा विरोध गरे पनि नीतिगत रुपमा खण्डन गर्न नसकेको प्रसँग निकाल्दै भने,‘बजेट जनताले आशा गरे अनुरुप छ ।’