३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्रधानमन्त्रीको क्षेत्रमा ३ अर्ब बढीको योजना


१७ जेष्ठ २०७३, सोमबार  

0
Shares

दमक / धेरै पटक निर्बाचित भई मन्त्री र बरिष्ट नेता हुदा पनि आफ्नो क्षेत्रमा केही गर्न नसकेको आरोप खेप्दै आएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बर्ष नै आफ्नो क्षेत्रमा अर्बौ रकमका दर्जनौ योजना पारेका छन् । प्रधानमन्त्रीको क्षेत्रमा यो बर्ष मात्रै ३ अर्ब भन्दा धेरै बजेटका साना ठुला योजना परेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ७ का सभाषद समेत रहेका ओली नेतृत्वको सरकारले शनिबार सार्बजनिक गरेको आर्थिक बर्ष २०७३÷७४ को बजेटमा पहिलो पटक उनको क्षेत्रमा डेढ दर्जन जति ठुला योजना परेका छन् । २०४६ सालदेखि लगातार झापा ७ मा लगातार निर्बाचनमा भाग लिएर जितेका ओलीमाथि मन्त्री र एमालेको बरिष्ट नेता हुदासम्मपनि केही गर्न आरोप लाग्दै आएको छ । गत बर्षको बजेट भन्दा अघिल्ला बर्षहरुमा ओलीको क्षेत्रमा करोडका योजना बजेट कहिल्यै पर्न सकेको थिएन । गत बर्ष केही योजना बजेटमा सम्बोधन भएपनि ठुला योजनाहरुका काम अघि बढ्न सकेन । पटक पटक यस क्षेत्रबाट निर्बाचन भएरपनि स्थानीय क्षेत्रको बिकासमा काम नगर्दा पहिलो संबिधानको निर्बाचनमा ओली माओबादीका कमजोर उमेद्धवार बिश्वदिप लिङदेनसंग पराजित हुनु परेको थियो । त्यसपछि आफ्नो क्षेत्रमा आउनेजाने समय बढाएका ओलीले दोस्रो संबिधान निर्माणमा सहज जित हासिल गरेपछि नेकपा एमालेको अध्यक्ष हुदै प्रधानमन्त्री भए र अहिले आफ्नो क्षेत्रका लागि ऐतिहासिक रुपमा अर्बौ बजेट लाग्ने योजना ल्याएका हुन् । नेकपा एमालेका नेता तथा दमक नगरपालिकाका पुर्ब मेयर रोमनाथ ओलीले यसअघिका बर्षहरुमा बिकास बजेट र नगरपालिकाका लागि आउने बजेटमात्र आउने र त्यो करोड भन्दा कम र सानो आकारको मात्र हुने गरेको बताए ।
अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सार्बजनिक गरेको बजेटमा चारपटक त दमकको नाम नै उल्लेख गरेर योजना परेको र बजेट बिनियोजना गरिएको छ । तर स्र्रोतले बजेटमा प्रधानमन्त्री ओलीले दमकका डेढ दर्जन भन्दा महत्वपुर्ण योजना समावेश गरेको बताएको छ । बजेटमा प्रधानमन्त्रीको क्षेत्रमा धेरै योजना परेको खबर सार्बजनिक भए आचोलना हुने भएकाले बजेटमा दमकको धेरै नाम हटाइएको स्रोतले जनाएको छ । अर्थमन्त्री पौडेलले बजेटमा प्रधानमन्त्रीको क्षेत्रमा दमकमा चक्रपथ निर्माण, एक पहिचान एक शहर, औद्योगिक क्षेत्र निर्माण र सभागृह निर्माण र लखनपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने योजनाहरु उल्लेख छ । यी बाहेक अझै एक दर्जन बढी योजनाहरु पनि बजेटमा समाबेश गरिएको स्रोतले जनायो । जसमा दमकका बिश्वकै अग्लो बुद्धको मुर्ति बनाउने, भ्युटावर निर्माण, टाउन हल निर्माण लगायतका योेजना पनि बजेटमा परेको छ । त्यस्तै शहरी बिकास अन्तर्गत ४÷५ वटा योजनाहरु र दमक चिसापानी रबि सडक निर्माणका लागि करोडौ बजेट बिनियोजना गरिएको छ । प्रधानमन्त्रीले ल्याएका डेढ दर्जन योजनामध्ये आधा दर्जनजति दिर्घकालीन महत्वको र करोडौ बजेट लाग्ने योजना छन् ।
लखनपुरको रंगशाला, दमक चक्रपथ, बुद्धको मुर्ति, औद्योगिक क्षेत्र, एक पहिचान एक शहर र दमक चिसापानी रबि सडक निर्माण गर्ने योजना दिर्घकालीन महत्वका र करोडौ बजेट लाग्ने योजनामा पर्छन् । यी निर्माणाधीन योजना केही निर्माणाधिन र केही नया हुन् । दमक रबि सडक, दमक चक्रपथ र लखनपुरको रंगशाला निर्माणाधिन हुन् । गत बर्ष पनि उल्लेखनीय बजेट परेको दमक रबि सडकमा यो बर्ष ३० करोड बढी बजेट बिनियोजन भएको बताइन्छ । निर्माण भएर पनि अधुरो जस्तै रहेको रंगशाला र चक्रपथ निर्माणलाई यो बर्षदेखि द्रुत गतिमा अगाडी बढाउने गरि बजेट बिनियोजन भएको छ । पुर्ब र पश्चिम क्षेत्रमा रतुवा र मावा खोलाले घेरिएको दमक नगरलाई नदी नियन्त्रण समेत गर्ने उद्धेश्यले चक्रपथ निर्माण गर्ने योजना छ । चक्रपथ बनाउदा दुई लेनको सडक निर्माण गरिने बजेटमा उल्लेख छ । लामो समयदेखि काम थालेपनि यो अगाडी बढ्न सकिरहेको छैन । रंगशाला निर्माणमा रंगशालाको नाममा बिबाद छ । लखनपुरमा आदिबासी जनजाति समुदायको चिहान हटाएर आदिबासी रंगशाला नाम दिएर निर्माण शुरु भएको थियो । गत बर्ष सरकारले त्यहा मदन भण्डारी रंगशाला बनाउने भनेर घोषणा गरेपछि आदिबासी जनजाति समुदायले आदिबासी जनजातिकै नाममा रंगशाला बनाउनुपर्ने माग गर्दै आएका छन् । नया योजनामा बुद्धको मुर्ति, औद्योगिक क्षेत्र र दमकलाई एक पहिचान एक शहर छन् । दमकको उत्तरी क्षेत्रमा निर्माण हुने बिश्वकै अग्लो बुद्धको मुर्ति पुर्ब क्षेत्रकै बाहिरी पर्यटक भित्र्याउने महत्वपुर्ण योजना हो । दमक १९ मा निर्माण हुने औद्योगिक क्षेत्रका लागि ३ सय बिगाहा जग्गा प्राप्त भइसकेको छ । त्यहा निर्माण हुने औद्योगिक पार्कमा आफ्ना उद्योगहरु स्थापना गर्न चीन, ताईवान र दक्षिण कोरिया सहमति भइसकेका छन् । सरकारले पार्क निर्माणका लागि पुर्बाधार निर्माणको कामका लागि ठुलो बजेट बिनियोजना गरेको बताइएको छ । बुद्धको मुर्ति र औद्योगिक पार्क निर्माणका लागि दमक क्षेत्रकै युवा नेता तथा युवा संघका केन्द्रीय उपाध्यक्ष्ँ गोबिन्द थापाको अगुवाईमा काम अगाडी बढिरहेको छ ।
प्रधानमन्त्री ओलीको पहुचमा भारी बजेट सहित योजना आउने भएपछि यस क्षेत्रका अगुवाहरु बजेट कार्यन्वयनतर्फ सचेत हुनुपर्ने तयारीमा छन् । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ठुलो बजेट आएकाले यसलाई कार्यन्वयनतर्पm ध्यान जानु जरुरी रहेको बताए । बजेटमा देखिने योजना बाहेक पनि धेरै योजनाहरु रहेको जानकारी दिदै दाहालले भने ः यो बर्षमात्र ३ अर्ब भन्दा धेरै बजेट आउने पक्का छ, बजेट धेरै भएपछि अब यसलाई कार्यन्वनय गर्न सकृय हुनुपर्छ । स्थानीयस्तरबाट प्रधानमन्त्रीसमक्ष पेश गरिएको अधिकांश योजना परेको भन्दै उनले यो दमकबासीका लागि निक्कै खुशीको कुरा भएको उल्लेख गरे । बजेटमा परेको योजनाले दमकको कायापलट हुने दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले प्रतिकृया दिए । धेरै योजना आउने खबरले यहाका ब्यावसायीहरु उत्साहित भएको भन्दै नेपाली कांग्रेसका नगर सचिब समेत रहेका प्रसाईले बजेटमा परेका योजनाले दमकको बृहत्तर बिकास हुने, स्थानीयले रोजगार पाउने, ब्यावसायीलाई पनि राहत हुने भन्दै राजनितीक दल र नगरबासीले मिलेर बजेट कार्यन्वयनतर्फ ध्यान दिनुपर्ने आबश्यकता औल्याए । दमक नगरपालिकाका पुर्ब मेयर रोमनाथ ओलीले यस क्षेत्रका लागि आएको योजना ऐतिहासिक भएको प्रतिकृया दिए । आफ्नो कार्यकालमा बिकास बजेट र सांसद बिकास कोषमार्फत थोरै बजेट आउने गरेको स्मरण गराउदै ओलीले बजेट कार्यन्वयन गर्न सरकारले सार्बजनिक खरिद ऐन परिमार्जन गर्नुपर्ने सुझाव दिए । एमालेका जिल्ला नेता समेत रहेका ओलीले बिबादित बिषयमा छलफल गरेर बिकासका योजनाहरु अघि बढाउनुपर्नेमा जोड दिए । स्थानीय बिकासमा सकृया युवा नेता तीर्थराज बस्नेतले औद्योगिक क्षेत्र, रंगशाला, भ्युटावर, बुद्धको मुर्ति, चक्रपथ निर्माण लगायतका योजना बजेटमा पर्नुले दमकलाई समृद्धीतर्पm अगाडी लाने निश्चित भएको उल्लेख गरे । बिकास निर्माणका लागि योजना परेपनि ठेक्का लिने प्रकृया गलत भएको जानकारी दिदै नेकपा माओबादी केन्द्रका युवा नेता समेत रहेका बस्नेतले योजना कार्यन्वयन गर्न राजनितीक दल र नागरिकहरु सबै पक्ष मिलेर कार्यन्वयन गर्नमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७३, सोमबार  ११ : २० बजे