काठमडौं १५, जेठ / सरकारले तराई मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्न ४ अर्ब २० करोड बजेट छुट्याएको छ ।
देशभरका सम्पूर्ण जिल्ला सदरमुकाममा जोडिने सडकलाई सुविधा सम्पन्न बनाउने घोषणा समेत बजेट भाषणमा गरिएको छ ।
सरकारले हुलाकी राजमार्ग आफैँ बनाउने समेत घोषणा गरेको छ ।
बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘सबै जिल्लाका सदरमुकाममा सुविधा सम्पन्न सडक मार्ग जोडिने छ ।’
काठमाडौँ निजगढ राजमार्गको निर्माण कार्य चाँडै पूरा गर्ने घोषणा गर्दै अर्थमन्त्री पौडेलले यसका लागि १० अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका छन् । –