२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बालक्लबको आयोजनामा विविध प्रतियोगिता


२ जेष्ठ २०७३, आइतबार  

0
Shares

दुहागढी २, जेठ  /   हुकाहुकी बाल क्लब दुवागढीले ‘बालबालिकाहरुको चौतर्फी विकासका लागि एउटा फरक अभियान’ नारासहित खेलकुद प्रतियोगिता शनिवार सम्पन्न गरेको छ ।
खेलकुद प्रतियोगितामा फुटबल, स्लो साइकल रेस, लमजङ्क, भाले जुदाई, चम्चा दौड, विस्कुट दौड गराइएको थियो । फुलबल प्रतियोगितामा ‘ए’ टिम विजय भएको थियो भने स्लो साइकल रेसमा रविन राजवंशी प्रथम, अमृत खत्री दोस्रो, र देवलाल राजवंशी तेस्रो भएका थिए । त्यसैगरी लमजङ्ग प्रतियोगितामा प्रथम अजय राजवंशी, दोस्रो सुरत राजवंशी, तेस्रो देवलाल राजवंशी, भाले जुदाईमा प्रथम रविन राजवंशी, दोस्रो दिपेन्द्र राजवंशी, तेस्रो मनोज राजवंशी भएका थिए । चम्चा दौड प्रतियोगितामा प्रथम साम्फ राजवंशी, दोस्रो विपना राजवंशी, तेस्रो आरती राजवंशी भए भने विस्कुट दौड प्रतियोगितामा प्रथम सुजता राजवंशी, दोस्रो कल्पना राजवंशी, तेस्रो श्रेया राजवंशी भए । कल्बकी अध्यक्ष रन्जु राजवंशीले विजयी सबै खेलाडीहरुलाई कापी, कलम, पेन्सिल र ज्यामिट्री बक्स दिएर पुरस्कृत गरेकी थिइन । कार्यक्रममा सुभाष राजवंशी, सविना राजवंशी, प्रमिला राजवंशी, तुलसा राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७३, आइतबार  ३ : १३ बजे