५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

राजवंशी किशोरी ११ दिनदेखि वेपत्ता


१ जेष्ठ २०७३, शनिबार  

0
Shares

महाभारा १, जेठ / झापाको महाभारा ७ की १७ बर्षीया एक किशोरीलाई एक जना भारतीयले  ११ दिनदेखि वेपत्ता बनाएको घटना सार्वजनिक भएको छ । व्यापार व्यवसायको बहानामा गाउँ आउने गरेका भारतको विहार राज्य अन्तर्गत पर्ने किशनगन्ज जिल्लाको कुतुवाभिट्टा भन्ने ठाउँ घर भएका सिद्विक मियाँले गएको वैशाख २० गतेदेखि मालन्ती राजवंशीलाई लिएर सम्पर्कबिहीन भएको स्थानिय विष्णु राजवंशीले बताए । युवतीका बाबु पर्वतलाल राजवंशीले छोरी एकाएक घर परिवारको सम्पर्कमा नहाएपछि खोजी गर्दै जादाँ उनलाई लिएर हिँडेका मियाको पहिचान भएको बताए ।
मियाले छोरी कहाँ कुन अवस्थामा राखेका छन् भन्ने सूचना परिवारले पाउन नसक्दा गाउँघरमा रुवाबासी भल्ने गरेको छ। घरबाट करीब ८ किलोमिटर टाढा पर्ने उनको उद्वारका लागि खासै पहल हुन नसकेको पीडित परिवारको गुनासो छ । पीडित  परिवारले ती किशोरीको उद्वार गरी घर फर्किने वातावरणका लागि सार्वजनिक अपिल गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७३, शनिबार  ३ : ३९ बजे