३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

खजुरगाछीमा जेष्ठ नागरिकलाई सम्मान


३० बैशाख २०७३, बिहिबार  

0
Shares

खजुरगाछी, ३०वैशाख /  झापाको खजुरगाछी गा.वि.स भरिका ८० वर्ष भन्दा माथिका ६७ जना जेष्ठ नागरिकलाई विहिवार एक कार्यक्रमको आयोजना गरी  सम्मान गरिएको छ ।

जेष्ठ नागरिक समिति खजुरगाछीको आयोजनमा भएको सो कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक समितिका जिल्ला अध्यक्ष भवानी प्रसाद दाहालले सम्मानित जेष्ठ नागरिकहरुलाई फलफुल दिई गम्छा ओढाएर सम्मान गरिएको गरेका थिए  । खजुरगाछी गाविसको आर्थिक सहयोगमा भएको कार्यक्रममा सम्मानित जेष्ठ नागरिकहरुमा १०० वर्ष पुगेका गोपाल बराललाई सम्मान गरिएको थियो । त्यसैगरी ८० वर्ष माथिका जेष्ठ नागरिक  भिरु हस्दा, सोमनाथ काफ्ले, बजारु गन्गाई, रुपलाल माझी, कलावती देवी सिंह बुधलाल राजवंशी, झरी देवी राजवंशी, मनोश्री राजवंशी, वेदरी देवी राजवंशी, असरलाल राजवंशी, इन्द्र बहादुर थापा, जानुकादेवी चौधरी सकुन्तला मिश्र, अक्बर अली मियाँ, लहरु राजवंशी, गभ्भीर मियाँ, मिना कुमारी उप्रेतीलगायत ६७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिक खजुरगाछीका अध्यष दुर्गा दर्नालको अध्यक्षतामा भएको कार्यक्रमा विशेष अतिथि जेष्ठ नागरिक समिति जिल्लाका सदस्य गोपाल प्रसाद काफ्ले, जेष्ठ नागरिक समाज कोरोवारीका अध्यक्ष विष्णु अधिकारी, जेष्ठ नागरिक समाज गौरीगंजका अध्यक्ष उदयलाल यादव, खजुरगाछी गाविसका सचिव नारायण प्रसाद चँदरा, नेपाली कांग्रेसका प्रतिनिधि गोपाल पौडेल, नेकपा एमालेका प्रतिनिधि रामकृष्ण पन्त, एकीकृत माओवादीका नगेन्द्र डाँगी, माओवादीका धन बहादुर थापालगायतले मन्तव्य राखेका थिए । खजुरगाछी गा.वि.स.को तथ्यांक अनुसार खजुरगाछीमा  १ सय ७१ जना जेष्ठ नागरिक  रहेका छन् ।   1

प्रकाशित मिति : ३० बैशाख २०७३, बिहिबार  १२ : २० बजे