३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

द्वन्द न्युनीकरणका लागि छलफल


२९ बैशाख २०७३, बुधबार  

0
Shares

बिर्तामोड २९, वैशाख  /   जिल्लामा उत्पन्न भएका र हुने विवाद र द्वन्द्वहरुको सन्र्दभमा झापाका नागरिक समाज र राजनीतिक दलका नेतृत्वहरुले विश्लेष तथा पहिचान गरेका छन् ।

सम्वाद समूह सचिवालय झापाको संयोजनमा आज वुधवार भएको  छुट्टा छुट्टै कार्यक्रममा उक्त कुराको विश्लेषण तथा पहिचान गरिएको हो । छलफलमा सम्वाद समूह सचिवालयले विगत ४ वर्षदेखि द्वन्द्व न्यूनीकरण र रुपान्तरणका लागि खेलेको भूमिका सराहनीय रहेको औल्याउदै दलहरु बीचमा सम्वादको सस्कृति विकास गर्न  सचिवालयले गरेको प्रयास अनुकरणीय रहेको बताइएको छ ।

यस क्षेत्रमा संविधानको कार्यान्वयनको सिलसिलामा सिमाङ्कन, नामाङ्कन, पहिचान अस्तित्वका मुद्दाहरु, प्रकृतिक श्रोत माथिको पहुाच लगायतका द्वन्द्वहरु उठ्न सक्ने छलछलका सहभागीले बताएका थिए । त्यसैगरी स्थानीय स्तरमा  उद्योग प्रतिष्ठानका मालिक र मजदुर वीचको द्वन्द्व , हरियो चिया पत्तिको मूल्य विवाद, दण्ड हिनता , नगरपालिकाको फोहोर मैला व्यवस्थापन , खुल्ला सिमानाका कारण हुने तस्करी, वैदेसिक रोजगारीका कारण समाजमा सुसुप्त रुपमा रहेको द्वन्द्वले यस क्षेत्रको शान्ति सुरक्षामा असर पारी सद्भाव भड्कन सक्ने वैठकले निष्कर्ष निकालेको छ ।

छलफलमा नेपाली काग्रेसका नेता देउमान थावे, तमलोपाका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी, शान्ति समिति संयोजक सूर्यनारायण गणेश, नेकपा एमालेका नेता कुन्दन भट्टराई, महिला नेतृद्वय जसमाया गजमेर, संगीता रौनियाले वोलेका थिए । त्यस्तै एकीकृत नेकपा माओवादीका सिपी कडरिया, नेपाल रेटक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, मानव अधिकारी कर्मी रुपक खनाल , अघिवत्ता नारायण प्रसाद पौड्याल, कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई , सञ्चार उद्यमी कुमार भट्टराई, एककीकृत नेकपा माओवादीका बिर्तामोड नगर इञ्चार्ज अरुण श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय सम्वाद टिमकी सुमिना कार्कीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७३, बुधबार  ११ : २४ बजे