३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

राजवंशी भाषा प्रशिक्षण शुरु


२५ बैशाख २०७३, शनिबार  

0
Shares

रंगेली /  राजवंशी समाज विकास समिति केन्द्रिय कार्य समितिको आयोजनामा मोरङको रंगेलीमा ५ दिने राजवंशी भाषा साक्षरता तथा शिक्षक प्रशिक्षण  कार्यक्रम आज शनिवारदेखि शुरु भएको छ ।
समाजका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा ३५ जना प्रशिक्षार्थी सहभागि छन् । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका पुर्व केन्द्रिय उपाध्यक्ष बद्रीनारायण राजवंशी, राजवंशी समाज विकास समिति मोरङका जिल्ला अध्यक्ष इश्वरलाल राजवंशी, राजवंशी संस्कृति समाज तथा विकास केन्द्रका सचिव उमेश राजवंशी, प्रशिक्षक जगत राजवंशी, मनोज राजवंशी,  कोचिला न्युज डटकमका सम्पादक आत्माराम राजवंशी, चन्द्रप्रसाद राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए । समितिका केन्द्रिय सचिव सुबन्त राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए । rajbanshi news

प्रकाशित मिति : २५ बैशाख २०७३, शनिबार  ३ : २३ बजे