३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मेचे भाषा प्रशिक्षण


२१ बैशाख २०७३, मंगलबार  

0
Shares

विर्तामोड /  मेचे समाज शिवियारी आफात नगर समिति विर्तामोडको आयोजना तथा विर्तामोड नगरपालिकाको संयोजनमा तीन दिने मेचे भाषा प्रशिक्षण कार्यक्रम मंगलबार  सम्पन्न भएको छ । कार्यक्रममा विर्तामोड नगरका बसोवास रहेका ३० जना भन्दा बढी मेचे समुदायको          सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विर्तामोडको सभाहलमा महासंघ नगर अध्यक्ष पदम बहादुर तामाङ (देवराज)ले उद्घाटन गरेका थिए ।
कार्यक्रम मेचे समाज शिवियारी आफात नगर समिति विर्तामोडका अध्यक्ष विरेन मेचेको अध्यक्षता तथा सचिव नविन मेचेको सञ्चालनमा सम्पन्न भएको थियो ।
। मेचे भाषा र लिपि लोप हुन लागिरहेको अवस्थामा यस प्रशिक्षण कार्यक्रमले प्रशिक्षक नै उत्पादन हुने आफातका अध्यक्ष विरेन मेचेले जानकारी दिए ।

?????????????
?????????????

प्रकाशित मिति : २१ बैशाख २०७३, मंगलबार  ३ : ४१ बजे