३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आदिवासी जनजाति लक्षित आधारभुत कम्प्युटर तालिम उद्घाटन सम्पन्न


८ बैशाख २०७३, बुधबार  

0
Shares

खजुरगाछी ८, वैशााख  / झापाको दक्षिणी गा.वि.स. खजुरगाछीमा आदिवासी जनजाती र विपन्न वर्गलाई लक्षित गरी ३ महिने आधारभुत कम्प्युटर तालिम बुधवार (आज) बाट शुरु गरिएको छ । नेपाल आदिवासी जनजाती  महासंघ गाउँ समन्वय परिषद् खजुरगाछीले खजुरगाछी गा.वि.स. भित्र रहेका शिक्षित वेरोजगार व्यक्तिहरुलाई आत्म निर्भर बनाउन व्यवसायीक सीपमुलक कम्प्युटर सम्बन्धि तालिम आयोजना गरेको हो । खजुरगाछी गा.वि.स.ले छुट्याएको  लक्षित वर्गको  ६९ हजार रुपैयाँबाट तालिम सम्पन्न गर्ने जनाएएको छ ।  गीता कम्प्युटर इन्स्टिच्युट खजुरगाछीमा ३ महिनासम्म सञ्चालन हुने तालिममा यस गा.वि.स. भित्रका २७ जना आदिवासी जनजाति समुदायका व्यक्तिहरु सहभागी भएका छन् । तालिममा गीता कम्प्युटर इन्स्टिच्युटका कम्प्युटर प्रशिक्षक राम कुमार राजवंशीले प्रशिक्षण दिने छन् । उद्घाटन कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ गाउँ समज्वय परिषद् खजुरगाछीका अध्यक्ष आत्माराम राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  खजुरगाछी गा.वि.स. सचिव नारायण प्रसाद चाँदरा प्रमुख अतिथि हुनुहुन्थ्यो । संस्थाका सदस्य उद्विम राईले सञ्चालन गरेको कार्यक्रममा एमाले पार्टीका गाउँ कमिटि अध्यक्ष रामकृष्ण पन्त, नेपाली काँग्रेसका खजुरगाछी गाउँ सभापति बद्री नारायण यादव, ए.माओवादीका गंगा प्रसाद राजवंशी, सद्भावना पर्टीका पर्वत राजवंशी, नेकपा माओवादी पार्टीका धन कुमार थापा, रा.प्र.पा नेपालका तेज बहादुर कटुवाल, रा.प्र.पा.का धनिकलाल ताजपुरिया, संघिय समाजवादी फोरम नेपालका विष्णु राजवंशी, गौरीगंज बहुमुखी क्याम्पसकाअध्यक्ष बाबुराजा श्रेष्ठ, क्याम्पस प्रमुख सर्वतलाल राजवंशी लगायतले कम्प्युटर तालिमको सफलताको शुभकामना मन्तव्य राखेका थिए । adhibasi  photo

प्रकाशित मिति : ८ बैशाख २०७३, बुधबार  ९ : ५६ बजे