३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

तेश्रो राष्टिय पुरुष लिगको नेपाल पुलिसलाई


५ बैशाख २०७३, आइतबार  

0
Shares

झापा ५, वैशाख / भmापामा भएको तेश्रो राष्टिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसागै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा उत्कृष्ट शुरुवात गर्‍यो । आर्मी सेटमा फर्कने प्रयास गरेपनि पुलिसको उत्कष्ट स्पाईक र ब्लकपछि दोस्रो सेट पुलिसले नै २५–१८ ले जित्यो ।
लगातार दोस्रो सेट पनि पुलिसले जितपछि आर्मीमाथी थप दबाब परेको थियो । पुलिसले आर्मीविरुद्धको तेस्रो सेट पनि २५–१४ ले जितेसागै तेस्रो सस्करणको उपाधि आफ्नो बनायो । विजेता पुलिसले ३ लाख १५ हजार नगद पुरस्कार,ट्रफि,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । पहिलो पुरस्कारको राशी सोनिया घरघरेडी खरिद विक्री केन्द्र दुहागढी ६ का प्रबन्ध निर्देशक नरेन्द्र मेचे (गछाम) ले उपलब्ध गराएका हुन् । उपविजेतामा चिक्त बुझाएको आर्मीले नगद १ लाख ७५ हजार र ट्रफि प्राप्त हात पार्‍यो । दोश्रो पुरस्कारको राशी रामकुमार कन्दम्वाले प्रयोजन गरेका थिए । प्रतियोगितामा तेस्रो भएको सशस्त्र प्रहरी बलको(एपीएफ) क्लबले १ लाख १० हजार नगद तथा ट्रफि प्राप्त गर्‍यो । प्रतियोगितामा नेपाल पुलिस क्लबका कुल बहादुर थापा सर्वोत्कृष्ट खेलाडी चूनिए । थापाले नगद २५ हजार र ट्रफि हात पारे । त्यस्तै बिधागत उत्कृष्ट तर्फ बेस्ट स्पाइकर पुलिसका सन्जय अर्याल,बेस्ट ब्लकर आर्मीका राज कुमार थापा,बेस्ट लिफ्टर पुलिसका इम राना मगर र बेस्ट लिब्रो पुलिसका सम्सेर चन्दले हात पारे । विधागत उत्कृष्ट सबैले नगद ५ हजार पुरस्कार हात पारे । सो अवसरमा भारतमा सम्पन्न १२औा दक्षिण एसियाली खेलकुद(साग)मा महिला भलिबलको तर्फबाट कास्य पदक विजेता खेलाडी कोपीला उप्रेतिलाई सम्मानपत्रद्धारा सम्मान गरीएको थियो । पुर्वाञ्चलकी क्षेत्रकी उप्रेतिलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि पाण्डेले सम्मान गरेका थिए । प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि एवम् नेकपा एमाले पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे र नेपाल भलिबल सघंका अध्यक्ष दान बहादुर तामाङ लगायतले गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७३, आइतबार  १२ : २६ बजे