३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

हुलाकी मार्गको निर्माण अविलम्ब शुरु हुने


५ बैशाख २०७३, आइतबार  

0
Shares

झापा ५, वैशाख/  व्यवस्थापिका संसदको विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले पूर्व पश्चिम हुलाकी सडक निर्माणकार्य अविलम्ब शुरु हुने बताएका छन् ।
पूर्व पश्चिम हुलाकी सडकको वर्तमान अवस्था र भावी निर्माण योजना कार्यान्वयनका लागि स्थलगत अनुगमन गर्न झापा आइपुगेका सभापति अधिकारीले स्थानीय सरोकारवालासँग अन्र्त्क्रिया गर्दै तराई, पहाड र हिमाल बीचको सम्वन्ध विस्तारका लागि पनि सडक निर्माण कार्य अविलम्व शुरु हुने जनाएका हुन् ।
१ हजार ४ सय ४० किलोमिटर पूर्व पश्चिम तथा ३ सय ५० किलोमिटर उत्तर दक्षिण फैलिएको सो सडक निर्माणका लागि ४० अर्व रुपैयाँ लाग्ने भएकाले पहिलो चरणमा भारत सरकारले दिएको १३ अरब रुपैयाँबाट निर्माणका लागि ठेक्का लगाइएको भन्दै सभापति अधिकारीले दातृ देशको निर्माण सर्तले काममा ढिलाई भएको स्पष्ट पारे ।
सो सडक परियोजना भित्र रहेका पूल निर्माणमा भइ रहेको ढिलाइ प्रति लक्षित गर्दै सरोकारवाला स्थानीय बासिन्दाको आवाज सम्वोधन गर्दै अधिकारीले ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कार्वाहीको दायरामा ल्याउन केही ऐन संशोधन र निर्माण गर्न संसदले गृहकार्य गरिरहेको समेत जानकारी दिए । विकासमा जनता मैत्री कार्य गर्न विकास समिति खबरदारी गरिरहेको भन्दै उनले अव नेपाली आफै काम गरेर भए पनि सम्वृद्ध हुने धारणा राखे ।
झापाका सभासदहरु दिपक कार्की, केशवकुमार बुढाथोकी, सुधिर शिवाकोकोटी र हरि राजवंशीले पुस्तौं वितेर गए पनि हुलाकी सडक निर्माण कथा जस्तै भएको भन्दै अविलम्व काम थालनी हुनु पर्ने माग गरे । केही दिन अगाडि हुलाकी सडक निर्माणको शिलान्यास गरिएको भन्दै झुटो हल्ला फैलाएर जनतामा भ्रम पारेको प्रति संसदहरुले आपत्तिसमेत जनाएका थिए । पूर्व पश्चिम हुलाकी सडक परियोजनाका पूर्वाञ्चल प्रमुख शैलेन्द्र त्रिपाठीले ठेक्काको कार्य मात्र भएको भन्दै काम सुरु नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : ५ बैशाख २०७३, आइतबार  ११ : २४ बजे