३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

काजी सम्मानित हुने, पुरस्कार राशि पचास हजार


३० चैत्र २०७२, मंगलबार  

0
Shares

 

झापा३०, चैत  / नइ प्रकाशनले विभिन्न क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ जना ब्यक्तिलाई २०७२ सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
जनही पचास हजार रुपियाँ पुरस्कारका राशि रहेका पुरस्कारबाट झापाका अग्रज पत्रकार नकुल काजी सम्मानित हुनुहुने भएको छ । नइ भाजप पुरस्कार साहित्यकारबाट पत्रकार तथा अनुवादक काजी हुन लाग्नुभएको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

त्यस्तै नइ भूपालदुर्गा पुरस्कार संस्कृतिविद् तथा मानवशास्त्री प्रा.डा.प्रेम खत्री, नइ चन्द्रधन पुरस्कार भारत, काशी ललिताघाट क्षेत्रका प्रमुख स्वामी ओमकारानन्द गिरी, नइ कीर्तिनिधि पुरस्कार राष्ट्रवादी चिन्तक, यज्ञप्रसाद आचार्य, नइ ईश्वर बराल पुरस्कार समालोचक प्रा.राजेन्द्र सुवेदी, नइ रेखा पुरस्कार साहित्यकार प्रा.डा.गार्गी शर्मा, नइ गणेशदुर्गा पुरस्कार सिक्किम विश्वविध्यालयकी प्राध्यापक डा.पुष्प शर्मा, नइ कोइलीदेवी पुरस्कार गायिका ज्ञानु राणा र नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी सुमन महर्जनलाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीद्वारा आगामी बैशाख ३० गते राजधानी काठमाडौंमा समर्पण गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७२, मंगलबार  ११ : ३९ बजे