३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मोरङमा बिष्फोट, एक जना घाइते


२९ चैत्र २०७२, सोमबार  

0
Shares

विराटनगर २९,  चैत  / मोरङको बुद्धनगर गाविस ५ मा केहीबेर अघि बिष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । बिष्फोटमा परी सोही गाविसमा १७ वर्षीय रुपेश मण्डल घाइते भएका हुन् ।

उनको छाति, हात र पेटमा चोट लागेको छ  । उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोटको घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७२, सोमबार  ९ : ०३ बजे