२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कृषिमा बिकास गर्नु पर्छ : कृषि मन्त्री गजुरेल


२८ चैत्र २०७२, आइतबार  

0
Shares

kirsi mantri
झापा २८,चैत / कृषि बिकास मन्त्री हरिबोल गजुरेल शितलकुमारले माओवादीको दश बर्षमा मात्र कृषिमा बिकास गर्नु पर्छ भन्ने बुद्धि फिरेको बताएका छन् ।
जिल्ला कृषि बिकास कार्यालय झापाले भद्रपुर १० मा पहिलो पाइला कृषि सहकारी संस्थालाई आज धान रोप्ने मेशिन हस्तान्तरण गर्दै मन्त्री गजुरेलले कृषि क्रान्तिको कुरा गर्ने माओवादीलाई कृषिको महत्व बुझ्न दश बर्ष लागेको बताए । बिगतमा माओवादीको प्राथमिकतामा नपेरेको कृषि मन्त्रालय यस पटक भने रोजाईमा परेको मन्त्री गजुरेलले बताए । उनले राजनीतिक पार्टी र नेतृत्वले अहिलेसम्म कृषिको गफ र कुरा मात्र गरेको तर काम गर्न नसकेको टिप्पणी गरे ।
एकीकृत माओवादीका नेतासमेत रहेका मन्त्री गजुरेलले नेपाल सरकारले कृषि क्षेत्रको परिवर्तनका लागि गरेको २७ बुँदे प्रतिवद्धता लागू गर्न सक्दा कृषिमा ठूलो परिवर्तन आउने बिश्वास व्यक्त गरे । कृषि सम्मानित पेशा नबनेसम्म कृषिको बिकास हुन नसक्ने बताउँदै भन्त्री गजुरेलले भने‘कृषिलाई सम्मानित र प्रविधियुक्त बनाउनु पर्छ ।’
कृषिलाई सम्मानित पेशा बनाउन सरकारले २० बर्ष निरन्तर कृषि पेशामा संलग्न कृषकलाई पेन्सनको व्यवस्था गर्न लागेको मन्त्री गजुरेलले जानकारी दिए । कृषकको पलायन रोक्न कृषि पेन्सन आवश्यक पर्ने मन्त्री गजुरेलको कथन थियो । उनले कृषकको अनुहार हँसिलो बनाउन बास्तविक कृषकलाई ऋण र अनुदानमा सहुलियत प्रदान गरिने बताए । उनले भने ‘यसका लागि कृषकको पहुँचमा वृद्धि गर्छौँ ।’
मन्त्री गजुरेलले पुरानो ढाँचा ढर्राबाट कृषिको बिकास हुन नसक्ने बताए । उनले संविधानमा भएको खाद्य सुरक्षालाई कार्यान्वयन गर्न कृषिको बिकास आवश्यक रहेको बताए । उनले भने‘कृषिको बिकास नहुँदा हामी मगन्ते बन्यो ।’

प्रकाशित मिति : २८ चैत्र २०७२, आइतबार  १२ : ५७ बजे