१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा इलाका प्रशासन कार्यालयको उद्घाटन


२६ चैत्र २०७२, शुक्रबार  

0
Shares

गौरीगंज २७, चैत /  सांसद दिपक कार्कीले झापाको दक्षिण भेगको गौरीगञ्जमा शुक्रबार इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नु भएको छ । गौरीगञ्जमा आयोजित एक कार्यक्रममा बीच प्रशासन कार्यालयको बोर्डको अनावरण गरी उद्घाटन गर्नु भएको हो । उद्घाटन पछि झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गौरीगञ्ज गाविस– १ बस्ने अरकी महतोलाई नेपाली नागरिकता प्रदान गरी सेवाको शुभारम्भ गर्नु भएको थियो । प्रमुख अतिथि सांसद कार्कीले बोल्दै ठुलो मिहिनेत पछि प्रशासन कार्यालय गौरीगञ्जमा आएको हुदाँ यसलाई टिकाइ राख्न सबैले सहयोग गर्नु पर्ने बताए । राजनीतिक दलहरुले आन्दोलनको नाममा इलाका प्रशासनले दिने सेवालाई अवरोध नगर्न उनले आग्रह गर्नु भएको थियो ।  नेपाली काग्रेस क्षेत्र नम्वर ६ झापाका क्षेत्रीय सभापति रोहित शाहले दुर्गम ठाउँका जनतालाई सरल सेवा दिन आग्रह गरेका थिए । कार्यक्रममा एमाले क्षेत्रीय अध्यक्ष छत्रपति सुवेदीले यस कार्यालयले दिने नागरिकताको दुरुपयोग भए राष्ट्र खतरामा पर्ने बताए । यसै गरी एमाओवादी क्षेत्रीय अध्यक्ष हुकुमसिंह नेपालीले नागरिकता जस्तो राष्ट्रियतासंग जोडिएको मुद्धामा कर्मचारी र राजनीतिक दलका नेता सचेत नभए गैर–नागरिकले नागरिकता पाउने बताएका थिए ।  त्यसले मुलुकलाई समस्यामा पर्ने हुदा सचेत नागरिकले खबरदारी गर्नु पर्ने उनले बताए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका देवी प्रसाद राजवंशी , उधोग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतो लगायतले बालेका थिए । गत असोज १ गते मन्त्रिपरिषद्ले गौरीगञ्जमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय गरेको थियो ।11111

प्रकाशित मिति : २६ चैत्र २०७२, शुक्रबार  ३ : ३० बजे