३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रेडक्रस झापा पूर्वकै उत्कृष्ट र देशकै चौथो


२५ चैत्र २०७२, बिहिबार  

0
Shares

बिर्तामोड २५, चैत / नेपाल रेडक्रस सोसाइटी  झापा शाखा पूर्वाञ्चल क्षेत्रकै उत्कृष्ट र देशकै उत्कृष्ट चौथो घोषित भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको आज विहीवार हेटौडामा सम्पन्न ४५औं महाधिवेशनका अवसरमा केन्द्रीय अध्यक्ष सञ्जीव थापाले झापा शाखालाई उत्कृष्ट घोषणासागै सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । झापा शाखाका सभापति लोकराज ढकाल, कोषाध्यक्ष बद्री कार्की, सदस्य हेम खड्का र सजेश शिवाकोटीले संयुक्त रुपमा उत्कृष्ट जिल्ला शाखाको सम्मान पत्र ग्रहण गरेका थिए । गत बर्ष झापा शाखाले विभिन्न चार विधामा देशकै उत्कृष्ट भएको थियो ।
रेडक्रस झापाले मानवीय सेवा, प्रकोप व्यवस्थापन, महिला सशक्तिकरण र जुनियर रेडक्रस सर्कलको सशक्तिकरणमा निर्वाह गरेको भूमिकाको मूल्यांकन गरी उत्कृष्ट घोषणा गरिएको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।
रेडक्रस झापाका सभापति ढकालले झापा शाखा पूर्वकै उत्कृष्ट र देशमै चौथो उत्कृष्ट जिल्लाको रुपमा घोषित हुनु झापावासी र रेडक्रसकर्मीका लागि गौरवको विषय भएको भन्दै त्यस कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
red award

प्रकाशित मिति : २५ चैत्र २०७२, बिहिबार  ११ : १२ बजे