१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अब्बल बलबहादुर


२० चैत्र २०७२, शनिबार  

0
Shares

दमयन्ती राजवंशी

bedanaभनिन्छ – ‘हुने विरुवाको चिल्लो पात’ भने झै सानै देखि गायक बलबहादुर राजवंशी गायन क्षेत्रमा अब्बल र उत्कृष्ट छन् । चाहे उनी स्कुले समयमा विद्यालयमा हुने गायन प्रतियोगितामा होस् या अरु कुनै औपचारिक कार्यक्रममा जहिले उनी प्रथम हुन्थे । झापाको जुरोपानीमा बढे हुर्केका बलबहादुर वास्तब मै बहादुर छन् । उनले भर्खरै सम्पन्न रेडियो नेपालको राष्ट्रिय व्यापी खुल्ला नेपाली आधुनिक गीत प्रतियोगितामा  उत्कृष्ट १५ जनामा परे । पूर्वाञ्चल क्षेत्रिय प्रतियोगितामा २ सय ७० जना मध्ये उनी छनौट भई राष्ट्रिय व्यापी खुल्ला नेपाली आधुनिक गीत प्रतियोगितामा  उत्कृष्ट १५ जनामा परेका हुन् । देशव्यापी प्रतियोगितामा ६७ जनाले भाग लिएका थिए ।   यस बाहेक उनले थुप्रै म्युजिक भिडियोहरु बजारमा ल्याएका छन् । राजवंशी भाषाको एल्बम बेदनाको भाग–१ बजार पाएपछि अहिले उनी बेदना भाग–२ बजारमा ल्याएका छन् । राजवंशी भाषाको याद आसेछे र नेपाली भाषामा स्वागत गितहरु बजारमा ल्याइसकेका उनी संगीतकार हरि लम्सालको संगीत र शशी शर्मा मच्गैया को शब्दमा ‘ तिमीले त अन्त्यै मुटु सट्यौ भन्ने सुनेको छु ’ भन्ने गीतमा स्वर दिएका छन् । जुन र्एक महिनाभित्र  भिडियोसहितको गीत बजारमा रिलिज हुदैछ ।  विराटनगरको स्वर संगम संगीतालयमा संगीत सिकिरहेका राजवंशी उनी छैटौ वर्षमा पुगेका छन् ।  कला र गलाले भरिएको उनको अनुपम स्वरले सबैलाई मन्त्रमुग्ध  पार्ने मात्रै होइन आफ्नो पहिचान राष्ट्रिय व्यापी रुपमा चिनाउन उनी सफल भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७२, शनिबार  ३ : ३६ बजे