३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

काजी र दाहाल पुरस्कृत


१७ चैत्र २०७२, बुधबार  

0
Shares

बिर्तामोड १७, चैत / । नेपाल पत्रकार महासङ्घ झापा शाखाले यस बर्षको ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार नकुल काजी र ‘पार्वतीदेवी पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार गञ्जबहादुर दाहालकी धर्मपत्नी कल्याणी दाहाललाई प्रदान गरेको छ ।
पत्रकार महासङ्घको ६० औँ स्थापना दिवसको अवसर पारेर मङ्गलवार विर्तामोडमा दुवै पुरस्कार वितरण गरिएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पुरस्कार वितरण गरेका हुन् ।

प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा उनको परिवारजनले पुरस्कारको स्थापना गरेका हुन् । यसबर्षदेखि बृद्धि गरेर सिर्जनशील पुरस्कारको राशी २१ हजार र प्रोत्साहन पुरस्कारको राशी ११ हजार रुपैयाँ पुर्याइएको छ ।

२०६२ सालमा स्थापना गरिएको एलएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारबाट यस अघि कृष्ण धरावासी र लीला उदासी, चन्द्र भण्डारी, गोविन्दचन्द क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुँमागाई, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ , मोहन काजी र लक्ष्मण ढकाल पुरस्कृत भइसकेका छन् ।

त्यस्तै, ‘पार्वतीदेवी पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट यसअघि पत्रकार लीला बरालकी पत्नी कुन्ता बराल, पत्रकार मदन ढकालकी पत्नी सावित्रा ढकाल, पत्रकार माधव विद्रोहीकी पत्नी सञ्जु अधिकारी, पत्रकार अमृतलाल श्रेष्ठकी पत्नी नीलु श्रेष्ठ र पत्रकार दिपिन राईकी पत्नी लीला राई र पत्रकार लेखनाथ परदेशीकीपत्नी कृष्णकला पाठक पुरस्कृत भइसकेका छन् ।

पत्रकार पतिलाई पत्रकारिता गर्न सहयोग पुर्याउने पत्नीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार’को स्थापना २०६६ सालमा भएको थियो ।

महासङ्घको झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यव्रmममा बोल्दै प्रमुख अतिथि प्रेस काउन्सिलका अध्यक्ष कार्कीले पत्रकारिताको आवरणमा समाजविरोधी कार्य नगर्न आम पत्रकारलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७२, बुधबार  ११ : ५१ बजे