गाैरीगंज २२, साउन / गाैरीगंज गाउँपालिका वार्ड नंं. १ ले कृषकलाई स्प्रे टेंकी वितरण गरेकाे छ । वार्डले खेतवारीमा किटनाशक औषधि र पाेषणयुक्त भिटामिन छिट्न प्रयाेग गरिने स्प्रे टेंकी ४० जना कृषकलाई बुधबार वितरण गरेकाे हाे । वार्ड कार्यालयकाे बजेटबाट १५ लि. क्षमता भएकाे स्प्रे टेंकी वितरण गरेकाे वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन्…