बडादशैंको सातौं दिन आज फूलपाती । देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्राउने गरिन्छ । गोरखादेखि धादिङ…