दमक ३, फागुन । स्थानीयस्तरमै सीप सिकेर युवालाई स्वरोजगार बनाउने उद्देश्यले झापाको गौरादहमा स्मार्ट एजुकेशन – बारिस्ता एण्ड कम्प्युटर तालिम सेन्टर सञ्चालनमा आएको छ। गौरादह नगरपालिका वडा नं. १, डिपुस्थित उक्त संस्थाको आइतबार औपचारिक उद्घाटन गरिएको हो। संविधान सभा सदस्य तथा सामाजिक–राजनीतिक व्यक्तित्व दीपक कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संस्थाको उद्घाटन गरिएको हो। सो अवसरमा…