रूपा राजवंशी / मेरा पितापूर्खाहरु रोइरहेका होलान् । स्वर्गबाट हामीलाई हेरेर धिक्कारिरहेका होलान् कस्ता भए मेरा शाखा सन्तान ? त्यत्रो धन सम्पत्ति दिएर आयौं , त्यत्रो मान सम्मान ,इज्जत प्रतिष्ठा छोडेर आयौं केही पनि जोगाउन सकेनन् । घरजग्गा , धनदौलत छोडेर आउँदा समेत मेरा सन्तानहरुले गरिखान सकेनन् । उहिले राज गरेका मेरा पितापूर्खाहरुको दिवंगत आत्माले…