झापा १४, चैत / राजवंशी समुदायले एकजना बहु प्रतिभाशाली सामाजिक अभियन्ता गुमाएको छ । समाजको उत्थानका लागि मरिमेट्दै आएका बाह्रदशी ५ का रामबहादुर राजवंशीको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त राजवंशीले धेरै क्षेत्रमा योगदान दिएका थिए । जातीय संस्कार संस्कृति जगेर्नाका लागि उनको नेतृत्वमा अभियान नै संचालन गरिएको थियो ।…