११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

नेपालकाे पुर्वी क्षेत्रमा भूकम्पकाे धक्का


२३ चैत्र २०७७, सोमबार  

0
Shares

काठमाडौं २३, च‌ैत / नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का झापा , सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।

पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयबासीले बताएका छन्। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।

(सेताेपाटीबाट साभार )

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ३ : ४६ बजे