दमक २०, असोज/नेपाली कांग्रेसका नेताहरुले कांग्रेस मुलुककै अभिभावक पार्टि भएकोले कांग्रेसकै काँधमा मुलुकको बढि जिम्मेवारी रहेको बताएका छन् । नेपाली कांग्रेस झापाको आज सम्पन्न जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले कांग्रेसको नेतृत्वमा भएका बिकाश निर्माणका कामहरुलाई प्रचार गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका पूर्व महामन्त्री एवं अग्रज नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको राजनीतिक शब्दावलीमा…