विर्तामोड २१,चैत/ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीका कारण पुनःस्थापित संसद अकर्मण्य र अनुत्पादक भएको बताउनु भएको छ ।नेपाल प्रेस युनियन झापाद्वारा विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपसभापति निधिले अदालतको आदेशपछि प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिक अधिकार नरहेको उल्लेख गर्दै नीधिले भन्नुभयो–‘संसदलाई निरर्थक बनाउने काम प्रधानमन्त्रीबाट भएको छ ।’ पूर्व उपप्रधान मन्त्री समेत रहनु भएका उहाँले…