२६ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025

राजवंशी समुदायलाई अपुर्णिय क्षति, सामाजिक अभियन्ता रामबहादुर राजवंशीकाे निधन

झापा १४, चैत /  राजवंशी समुदायले एकजना बहु प्रतिभाशाली सामाजिक अभियन्ता गुमाएको छ । समाजको उत्थानका लागि मरिमेट्दै आएका बाह्रदशी ५ का रामबहादुर राजवंशीको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त राजवंशीले धेरै क्षेत्रमा योगदान दिएका थिए । जातीय संस्कार संस्कृति जगेर्नाका लागि उनको नेतृत्वमा अभियान नै संचालन गरिएको थियो ।…