४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकाे एक युवा व्यवसायीले थर्मल गन सहयाेग गरे


३० बैशाख २०७७, मंगलबार  

0
Shares

20200512_190934
गाैरीगंज ३० , बैशाख / गाैरीगंजका एक युवा व्यवसायीले थर्मल गन ( ज्वराे नाप्ने मेसिन) सहयाेग गरेका छन् ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएका हाल चीनकाे गुन्जाहाे शहरमा बस्दै अाएका केशव ढुंगानाले २ थान थर्मल गन गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई साेमवार हस्तान्तरण गरेका हुन् ।

काेराेना भाईरसकाे संक्रमण दिनानुदिन बढिरहेकाे अवस्थामा स्वास्थ्य जाँचमा केही सहजता हाेस् भन्ने उदेश्यले गाउँपालिकालाई सानाे सहयाेग स्वरूप थर्मल गन हस्तान्तरण गरेकाे युवा व्यवसायी ढुंगानाले बताए । याेसंगै अब गाैरीगंजमा १० वटा थर्मल गन पुगेकाे छ ।

युवा व्यवसायी ढुंगाना चीनकाे गुन्जाहाे शहरमा विगत ७ वर्षदेखि बसाेवास गर्दै आएका छन् । तकसुन टेक्नोलोजी हङ्कङ्ग लिं. कम्पनीका प्रमुख युवा व्यवसायी ढुंगानाले भारत, नेपाल, बंगलादेश र श्रीलंकामा आफ्नाे सेवा विस्तार गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : २७ बजे