४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज वार्ड नं. ३ मा संगित दासकाे संयाेजकत्वमा स्वयंसेवक समिति गठन


२६ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200508_175430
गाैरीगंज २६, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे सर्वदलिय बैठकले संगित दासकाे संयाेजकत्वमा ६ सदस्यीय स्वयंसेवक समिति गठन गरेकाे छ ।
वडा नं. ३ का अध्यक्ष मखना महताे अध्यक्षतामा बसेकाे बैठकले स्वयंसेवक समितिकाे सदस्यहरूमा पुष्प बहादुर कार्की, विशाल दास,  विशाल खतिवडा, सराेज श्रेष्ठ, माे. नुर आलमलगायत छन् ।
गाउँपालिकाकाे सर्वदलिय बैठकले प्रत्येक वडामा खाद्यान्न र सागसब्जी पसलहरूलाई थप व्यवस्थापन गर्न ६/६ जना स्वयंसेवक खटाउने निर्णय भए बमाेजिम वडा कार्यालयले उत्त निर्णय गरेकाे हाे ।
स्वयंसेवक समितिले भाेली शनिवार देखि विहान ८ बजेदेखि ११ बजेसम्म गाैरीगंज चाैकलगायत अन्य स्थानमा स्वयंसेवकका रूपमा खटिने वडा अध्यक्ष मखना महताेले बताए । उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्षसमेत रहेका महताेले लकडाउनलाई अझ प्रभावबारी बनाउन गाउँपालिकाले गरेकाे निर्णय स्वागतयाेग्य भएकाे भन्दै वडाले पनि त्यस अनुरूप कार्यान्वयन गर्न प्रतिवद्व रहेकाे बताए ।
वडाकाे सर्वदलिय बैठकमा वडा सदस्य भवेश दास, कांग्रेस प्रतिनिधि राजेन्द्र कार्की, नेकपाबाट रूपक श्रेष्ठ, बस व्यवसायी संघका प्रतिनिध उत्तम दासलगायतकाे उपस्थित थियाे ।

त्यसैगरी गाैरीगंज गाउँपालिकाबाट जारी भएकाे सवारी साधनकाे पास आज रातकाे १२ बजेदेखि खारेज हुने भएकाे छ ।
गाउँपालिकामा अाज बसेकाे सर्वदलिय बैठकले साे निर्णय गरेकाे हाे ।
बैठकले गाैरीगंज गाउँपालिका क्षेत्रमा रहेका खाद्यान्न पसल र साग सब्जी विक्री वितरण विहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला राख्ने निर्णय गरेकाे छ । तर अर्काे सुचना जारी नहुञ्जेलसम्म हार्डवेयर पसलहरू भने पुर्णरूपमा बन्द रहने निर्णय गरेकाे छ ।

वैठकमा सागसब्जी पसलकाे हकमा वडा कार्यालय एवं उद्योग वाणिज्य संघ समेतले क्षेत्र ताेकी भिडभाड नगरी सामाजिक दुरी कायम गरि सञ्चालन गर्न र खाद्यान्न तथा सागसब्जी पसल व्यवस्थापन गर्न हरेक वडा कार्यालयमा ६/६ जना स्वयंसेवककाे व्यवस्था गर्ने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : १४ बजे