६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गौरादहमा दैनिक ४ घण्टा अत्यावशकिय खाद्यान्न पसलहरू खाेलिने


७ बैशाख २०७७, आइतबार  

0
Shares

20200419_210634

गौरादह ७, बैशाख / नागरिकहरुलाई अतिआवश्यक पर्ने खाद्यान्न सामग्रीका पसलहरु गौरादहमा दैनिक ४ घण्टा खाेलिने भएकाे छ। काेराेना भाइरस संक्रमणकाे जाेखिम नियन्त्रण गर्न बजार क्षेत्रमा हुने अनावश्यक भिडभाडलाई कम गर्न पसल खुल्ने समय घटाइएको हाे।

नेपाल सरकारले मुलक भर लकडाउन गरे पश्चात् गौरादहमा बिहान ६ बजे देखि साँझ ६ बजे सम्म खाद्यान्न पसलहरु खुल्दै आएका थिए। गौरादहमा भएकाे सर्वपक्षीय भेलाले नगरपालिका भित्रका बजारहरुलाई अनावश्यक भिडभाड नगरी ब्यबस्थित तजरले संचालन गर्न ४ घण्टाकाे समय निर्धारण गरिएको गौरादह उद्योग बाणिज्य संघ का अध्यक्ष जे.बि.कार्कीले जानकारी गराए। गौरादह नगरपालिका भित्र ठुलासाना गरि १३ वटा बजार रहेका छन् । गौरादह नगरपालिका भित्र ठुलाे बजारकाे रुपमा रहेकाे  गौरादह बजारमा अन्य बजारकाे तुलनामा मानिसहरुकाे जनघनत्व बढी हुँदा चहलपहल बढी हुने भएकाले तत्काल गौरादह बजारमा मात्र दैनिक ४ घण्टा खाद्यान्न पसल खाेलिने अध्यक्ष कार्कीले बताए।

नगरपालिका भित्ररहेका अन्य बजारहरुमा पनि भिडभाड भई अव्यवस्थित भएमा त्यसलाई पनि व्यवस्थित गरिदैजाने अध्यक्ष कार्कीले बताए। लकडाउनलाई प्रभावकारी रुपमा कार्यनयन गराउन  शनिबारबाट गौरादह बजारका पसलहरु दिनको १२ बजेदेखि ४ बजे सम्म खेलिने भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढेपछि लकडाउनमा समेत थप कडाइ गरिएको छ। खाद्यान्न पसल तथा तरकारी पसलमा भीड हुँदा कोरोना भाइरसको जोखिम झन् बढ्ने सम्भावनालाई मध्यनजर गर्दै बजारमा रहेका खाद्यान्न तथा सब्जी पसल खोल्ने समय परिवर्तन गर्न आवश्यक रहेकाे सर्वपक्षीय भेलाले ठहर गरेकाे थियाे।

भिडभाडलाई नियन्त्रण गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि देश नै पूर्णरुपमा लकडाउन गरेको छ ।विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिमबाट बच्न बचाउन स्वास्थ्य सावधानी सहित सामाजिक दुरीको कायम गर्दै गौरादहमा रहेका उपभोक्ता तथा व्यवसायीलाई दैनिकि रुपमा अति आवश्यक सामग्री खरिद बिक्रि गर्न सो समय निर्धारण गर्ने निर्णय भएको अध्यक्ष कार्कीले बताए।

खाद्यान्न सामग्री खरिद बिक्री गर्ने बहानामा अनावश्यक भिडभाड हुने भएकोले त्यसलाई निरुत्साहित गर्न पनि सर्वपक्षीय भेलाले यसअघि नै निर्णय गरिसकेको र संक्रमणको सँख्या बढ्दै गइरहेकोले कडाइका साथ नियम लागु गर्न निर्णय गरेकाे थियाे। परिवर्तित समय तालिका अनुसार लकडाउनलाई थप कडाई गर्न इलाका प्रहरी कार्यालय गौरादहले अधिकतम् जनशक्ति र स्रोत साधनको परिचालन गरि प्रहरी सक्रियताका साथ लागरहेकाे   इन्चार्ज बिनोद श्रेष्ठले जानकारी गराए।

लकडाउन प्रभावकारि रुपमा लागू गर्न सबै नागरिकहरुले सहयाेग गर्नुपर्ने ईलाका प्रहरी कार्यलय गौरादहका ईन्चार्ज श्रेष्ठले बताए। उल्लंघन गर्नेलाई कार्यवाही स्वरुप कानुन बमोजिम कडा कदम चालिने तयारी गरिएकाे पनि बताए।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : २७ बजे