४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज उच्च जाेखिममा, भारतकाे विहारमा काेराेना संक्रमितकाे संख्या बढेकाे बढ्यै


३० चैत्र २०७६, आइतबार  

0
Shares

20200412_195215

आत्माराम राजवंशी
गाैरीगंज ३०, चैत / भारतीय सीमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकामा दिनानुदिन क्वारेन्टाइनमा राख्नेकाे संख्या बढ्दै गएकाे छ । गत एक हप्ता भित्रमा क्वारेन्टाइनमा एक जनाबाट शुरू भएकाे व्यक्तिकाे संख्या आईतबार दिउसाे २ बजेसम्म २३ जना पुगेकाे छ । उनीहरू सबै गाैरीगंज गाउँपालिका वार्ड नं. १,२,४ र ६ का बासिन्दा हुन् ।
भारतकाे विहारकाे किसनगञ्ज, बीबीगंज, बैरिया, कटिहार, फुलबडिया, टेढागाछ, कल्यागंज र रामचाैक, डिगलबैंकलगायत विभिन्न स्थानमा रहेका नाता पर्ने आफन्तहरूसंग भेटेर, सामान किनमेल गरेर, उपचार गरेर उनीहरू घर फर्केका हुन् । भारतकाेे यी स्थानहरू गााैरीगंजबाट बढीमा १५ देखि २५  किलाेेेेेेमिटर दुरी क्षेेत्रभित्र  पर्ने बताईन्छ ।

उनीहरूलाई स्थानियहरूकाे सुचनाकाे अाधारमा प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएकाे हाे । एक साताभित्र विहिवार ५ जनालाई क्वारेन्टाइनमा राखिएकाेमा शुक्रवार विहान ३ जनालाई थप गरिएपछि क्वारेन्टाइनमा ८ जना पुगेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ अल्तावारी बस्ने ३ जना महिलाहरू भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेबा थिए । त्यसैगरी शुक्रवार रातकाे १२ बजे भारतबाट फर्केका गाैरीगंज गाउँपालिका वार्ड नं. १ देवीगाढा बस्ने एकै परिवारका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेकाे थियाे ।
उनीहरू सबै भारतमा रहेका आफन्तलाई भेटेर घर फर्केका थिए । भारतबाट फर्केका उनीहरूलाई प्रहरीकाे सहयाेगमा क्वारेन्टाइनमा राखिँदा याे संख्या बढेर १७ पुगेकाे हाे । शनिवार पनि दिउँसाे थप एक जनालाई क्वारेन्टाइनमा राखिएकाे थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ अल्तावारी बस्ने उनी भारतमा रहेकी छाेरीलाई भेटेर घर फर्किएकी हुन् ।
त्यसैगरी अाईतवार दिउँसाे करिब १ बजे गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेबारीमा भारतबाट फर्किएका ६ जनालाइ क्वारेन्टाइनमा राखिएकाे छ । उनीहरू सबै रासायनिक मल किन्न छेउकाे भारती बजार गएकाे बताईएकाे छ । उनीहरूसहित अब गाैरीगंज क्वारेन्टाइनमा अाईतबार दिउँसाे २ बजेसम्म क्वारेन्टाइनमा बस्नेकाे संख्या २३ पुगेकाे छ । गाैरीगंज गाउँपालिमा ९८ जना हाेम क्वारेन्टाइनमा राखिएकाे छ । उनीहरूमध्ये प्रायः भारतबाट फर्किएका हुन् ।

गाैरीगंज गाउँपालिकाकाे भारतीय सीमासंग जाेडिएकाे करिब २० किलाेमिटर खुल्ला सीमाक्षेत्रमा प्रहरीले कडाईका साथ २४ सैं घण्टा निगरानी गरेपनि उनीहरूले प्रहरीलाई छलेर मकैंबारी आलीकाे बाटाे प्रयाेग गरेर र छिटफुट रूपमा वैकल्पिक मार्ग प्रयाेग गरि भारतमा रहेका आफन्तहरूलाई भेट्ने र घर फर्कने क्रम बढेकाे क्वारेन्टाइनमा राखिएका व्यक्तिको यस आकँडाले देखाउँछ ।
भारतीयहरूले सीमाक्षेत्र नजिक नेपालीहरूकाे सयाैं विघा जग्गा ठेक्का लिएर मकै र धान खेती गर्ने अनि उत्त मकै खेतमा गाेडमेल गर्ने , मलखाद्य छिट्ने, गहुँ काट्ने निहुँमा रातीराती प्रहरीलाई छलेर नेपाल प्रवेश गरेकाे पाईन्छ ।

उता भने भारतकाे विहारमा काेराेना भाईरसबाट संक्रमित हुनेहरूकाे संख्या दिनानुदिन बढेकाे बढ्यै छ । भारतीय पत्रिका हिन्दुस्थान डटकम अनलाईन अनुसार गत शनिवार रातीसम्म विहारमा काेराेना भाईरसबाट संक्रमित हुनेकाे संख्या ६४ पुगेकाे छ ।
उनीहरू सबै विहारकाे विभिन्न स्थानहरूमा बसाेबास गर्ने बासिन्दा हुन् । याे संख्या अझ बढ्ने त्यहाँको स्वास्थ्य विभागलाई उदृत गरि हिन्दुस्थान डटकमले जनाएकाे छ ।


याे लिंकमा क्लिक गर्नुहाेस् ।
16 साल की लड़की समेत तीन और कोरोना पॉजिटिव, बिहार में कुल संख्या हुई 64

सिमाछेउमा रहेका नेपालीहरू खुल्ला सिमानालाई प्रयाेग गर्दै भारतकाे विहारकाे विभिन्न स्थानमा रहेका आफन्तहरूसंग भेटेर घर फर्किनु, मलखाद्य लिन भारतीय बजार जानु, गहुुँ काट्ने निहुँमा र धान खेती गर्ने निहुुँमा नेपाल प्रवेश गर्नुले स्थानियहरूमा काेराेना भाईरसकाे त्रास फैलिएकाे छ ।
काेराेना भाईरसकाे जाेखिमलाई न्युनिकरण गर्न यहाँको स्थानिय सरकार , स्वास्थ्यकर्मी र प्रहरी प्रशासनले अनेकन प्रयास गर्दा गर्दै पनि यस प्रकारकाे सीमा क्षेत्रमा भईरहेकाे आउजाउले गाैरीगंज गाउँपालिका काेराेना भाईरसकाे उच्च जाेखिममा रहेकाे देखाउँछ ।
गाैरीगंज गाउँपालिकामा भएकाे विपन्नहरूकाे राहत वितरण, जेष्ठ नागरिकहरूकाे सामाजिक सुरक्षा भत्ता वितरण र विभिन्न सहकारी तथा पसलहरूले कृषकहरूलाई लापरवाहीरूपमा गरेकाे अनुदानित रासायनिक मल वितरणकाे भिडभाडले गाैरीगंज गाउँपालिकालाई काेराेना भाईरसकाे जाेखिममा झन बल पुर्याएकाे छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  २ : १९ बजे