५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोरोनाविरुद्ध सवैसंगै लड्न झापाका दलहरुको आह्वान


९ चैत्र २०७६, आइतबार  

0
Shares

20200322_180544
बिर्तामोड ९, चैत /
झापाका राजनीतिक दलहरुले कोरोना भाइरसविरुद्ध सबै जुटेर संगै लडौ भन्ने उद्घोष र आह्वान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ (कोरोना –भाइरस) को प्रभावबाट आफू बच्न र अरुलाई पनि बचाउन दलहरुले आम नागरिकमा अपिल र सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार संवाद समुह सचिवालय विर्तामोडमा बसेको झापाका राजनीतिक दलको संयुक्त वैठकबाट कोरोनाविरुद्ध सजगता अपनाउदै अघि बढ्ने निर्णय भएको छ ।

कोरोनाको असर नेपालमा समेत पर्न सक्ने प्रवल सम्भावना देखिएकोले अनावश्यक हल्लाको पछि नलाग्न र आतंकित नहुँन आम झापाली जनतामा राजनीतिक दलको तर्फवाट अपिल गरिएको छ ।
आफुलाई कोरोना भाइरसको शंका लागेमा चिकित्सकको सल्लाह लिने , अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन , भिडमा नजान व्यक्तिगत सरसफाईमा ध्यान दिन र आफ्नै निवासमा सम्यमित भई क्वारेन्टाईनमा रहन दलहरुले आग्रह गरेका छन् ।

वैठक पछि दलहरुले संयुक्त विज्ञप्ती जारी गरी आम उपभोक्ताले अनावश्यक खाद्यान्न संचित नर्गन र उद्योगी व्यवसायीले समेत यस विषम अवस्थामा कृत्रिम अभाव र कृत्रिम मुल्य शृजित हुुन नदिने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
साथै अत्यावश्यक सेवाका प्रतिष्ठान पसल बाहेक जिल्लाका सबै हाटबजार केही दिनका लागि बन्द गरिदिएर सहयोग गरिदिन दलहरुले अपिल गरेका छन् ।

‘खुल्ला नाकाका कारणले हामी अत्यन्त शंवेसनशिल र जोखिम अवस्थामा रहेका हुँदा नेपाल सरकारले तुरुन्त खुल्ला सिमा नाकामा आवतजावतमा कडाई गर्न परिक्षणलाई मजबुद वनाउन आवश्यकिय औजार उपकरण गर्न र सुरक्षा निकाय अध्यागमन र स्वास्थ्य संस्थालाई थप सजग र उच्च सर्तकतामा रहन निर्देश गर्न आग्रह गर्दछौ’–विज्ञप्तिमा भनिएको छ –‘ प्रदेश १ मा कोरोना भाइरसको ल्याव टेष्टका लागि आवश्यक उपकरणको व्यवस्था गर्न र सम्वेदनशिल र जोखिममा काम गर्नुपर्ने चिकित्सकहरुलाई सुरक्षाका लागि आवस्यकिय सामग्री तत्काल उपलव्ध गराउन माग गर्दछौ ।’

कोरोना भाइरस विरुद्ध लडनका लागि आवश्यक जनचेतना , सजगता , सावधानी , पूर्व तयारीमा तत्काल तिव्र रुपमा जुटन स्थानिय सरकार , स्थानिय प्रसासन , संघ संस्था , सबै राजनीतिक दल , भात्री संस्था सबैमा दलहरुले आवहान गरेका छन् ।

आम संचार माध्यम र संचार कर्मीलाई कोरोना बारे सर्वसाधारणका लागि चेतना जगाउने सामाग्रीलाई प्राथमिकता दिन दलहरुको आग्रह छ ।
दोस्रो संयुक्त जनआन्दोलनको कोषमा रहेको सम्पूर्ण रकम यो आपतकालीन घडीमा आवश्यक तयारीका लागि खर्च गर्ने गरी मेची अंचल अस्पताल विकास कोसलाई प्रदान गर्ने दलहरुले निर्णय गरेका छन्।
त्यस्तै सामाजिक संजाल प्रयोगकर्ताहरुलाई अनावश्यक सुचना सन्देश प्रवाह नगर्न भनिएको छ । नेपाल सरकारले कोरोना भाईरस विरुद्धमा लडन गरेका निर्णय झापाका सबै राजनीतिक दलले कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संयुक्त विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, जिल्लास्थित राजनीतिक दलहरुका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका सभापति उद्वव थापा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष अनुत राजवंशी, सचिव देवेन्द्रकिशोर ढुंगाना, समाजवादी पार्टी नेपालका अध्यक्ष दिपेन वाला राई, उपाध्यक्ष संगीता रौनियार, नेकपा मालेका केन्द्रीय सदस्य नवराज खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव केशव ओझा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व अध्यक्ष पर्शुराम मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष भरत श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम घिसिङ, नेकपाका कार्यालय सचिव शिव ढुंगेल, आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राई, कांग्रेस कमल गाउँपालिका सभापति खगेन भण्डारीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : २१ बजे