४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हुलाकी सडक निर्माण कार्य धमाधम, गाैरीगंज क्षेत्रकाे मुहार फेरिने आशा


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200306_191454
झगेन्द्र खड्का
गाैरीगंज २३, फागुन /झापा जिल्लाकाे दक्षिणी क्षेत्रबाट भद्रपुर बिराटनगर जाेड्ने हुलाकी सडककाे निर्माण कार्य तिब्र रुपमा अगाडि बढेको छ। झापा जिल्लाकाे सदरमुकाम चन्द्रगढी र माेरङ जिल्लाकाे सदरमुकाम बिराटनगर जाेड्ने छाेटाे बाटाेकाे रुपमा लिइएको हुलाकी सडकलाई चौडा गर्ने काम तिब्र रुपमा अगाडि बढेकाे छ। सडक भित्र रहेका कल्भर्ट निर्माण र सडक चौडा बढाई माटाे भर्ने कार्य भइरहेको छ। रतुवा खाेला देखि बिरिङ खाेलासम्म निर्माण गरिने सडकमा जम्मा ३८ वटा कल्भर्ट नयाँ निर्माण गरिने जनाइएको छ।  हुलाकी सडक निर्माण कार्य तिब्र रुपमा अगाडि बढी रहदा स्थानीय वासिन्दा हर्षित छन् । पुर्ब पश्चिम राजमार्ग वा महेन्द्र राजमार्गको बैकल्पिक सडकको रुपमा लिइएको  हुलाकी राजमार्ग निर्माण कार्य भईरहदा दक्षिणी क्षेत्रमा बसाेबास गर्ने आम नागरिकहरुले यस क्षेत्रकाे मुहार फेरिने आशा गरेका छन् । हुलाकी सडक चौडा गरिदा सडकमा परेका संरचना भत्काइएका छन।सडक साँघुरो हुँदा सडक आसपासमा बनाईएका घर टहराहरु सडकलाई चौडा गरि फराकिलो बनाईदा घरहरु सडकमा परेका छन् । गौरीगंज गाउँपालिकाकाे खजुरगाछी र गौरीगंज बजारमा सडककाे दुबै पट्टी रहेका घरहरु भत्किएका छन् । हुलाकी राजमार्ग निर्माणको लागि नेपाल सरकारबाट बजेट बिनियाेजन भई ठेक्का लागेपछि सडक निर्माणकाे प्रक्रिया सुरु भएकाे हाे। नापी शाखाका सर्वेक्षक सुगम पाण्डेका अनुसार साविक रहेकाे सडकलाई आधार मानि त्यसकाे बिच भागबाट दुवैतर्फ १५-१५ मिटर चाैडा बनाईने गरि नापी नक्सा गरि सडककाे भाग छुट्टयाइएको बताए। हुलाकी सडक निर्माण कार्यकाे लागि  माेदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयाेजना इटहरीले जिम्मा पाएकाे छ । रतुवा खाेला देखि पुर्वमा बिरिङ खाेला सम्म२९ किलाेमिटर रहेकाे र सडक निर्माण गर्न १ अरब ५० कराेड रूपैयाँमा ठेक्काकाे जिम्मेवारी पाएकाे माेदीदान कन्ट्रक्सन प्रालिका प्रमुख राम बहादुर गौतमले बताए। हुलाकी सडक निर्माणमा मुख्य बजार तथा मानिसहरुकाे भिडभाड हुने क्षेत्रमा ड्रेन बाहेक ३० मिटर कालाेपत्र र अन्य ठाउँमा ७ मिटर कालाेपत्र र २.५ मिटर सडककाे भाग रहने माेदीदानका प्राेजेक्ट मेनेजर दिपक श्रेष्ठले जानकारी गराए। हुलाकी सडकमा पर्ने मुख्य बजारहरु चिलारा, गौरीगंज,ठेकिटाेला,तुलाचौन, कुञ्जि बजार र झापा बजार क्षेत्रमा ३० मिटर कालाेपत्रे गरिने मेनेजर श्रेष्ठले बताए। दक्षिणी क्षेत्रकाे बिकासकाे मेरुदण्डको रुपमा लिइएको हुलाकी सडक निर्माण सम्पन्न पछि आवतजावतमा सहजता हुनुकाे साथै ब्यापार ब्यवसाय बढ्ने गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन्। लामाे समयकाे प्रतीक्षापछि हुलाकी सडक निर्माण कार्य सुरुभएकाले ताेकिएकाे समय सिमा भित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा बताउँछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ३३ बजे