१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

अपराध नियन्त्रण गर्न गाैरीगंजमा प्रशिक्षण


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200220_175030
गौरीगंज, ८ फागुन / विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनी र दुर्घटनाबाट बच्न जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगंजले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत गौरीगंज माविमा अध्ययनरत विद्यार्थी तथा आसपासका अभिभावकहरुलाई जनचेतनामुलक कार्यक्रम आज सञ्चालन गरेको हो ।
20200220_175058
सिमावर्ती क्षेत्र गौरीगंजमा रहेका युवा समुदायहरुलाई लागू औषध दुव्र्यसनी, घरेलु हिंसा जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न लागुऔषध विशेष व्युरो काकरभिट्टाका प्रहरी नायव निरीक्षक अनुप निरौलाले वृत चित्र प्रर्दशन गर्दै दुव्र्यसनी के हो ?, यसका असर, विशेषता, ओसारपोसार गर्ने तरीका, लागु औषधमा फस्ने कारण, पहिचान गर्ने तरिका, सेवन कर्तामा देखिने लक्षण, यसबाट लाग्ने सक्ने रोग, नियन्त्रणका लागि विद्यार्थीहरुको भुमिकालगायतका विषयमा प्रशिक्षण दिएका थिए । इलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख गणेश प्रसाद भट्टराईले गाउँ समाजमा हुने गरेका घरेलु र लैगिंक हिंसा, सामाजिक अपराध नियन्त्रणका लागि प्रशिक्षण दिएका थिए ।
20200220_175111
मानिसहरुका इच्छा र आकांक्षा असिमित भएकाले त्यसलाई पुरा गर्न नसक्दा विभिन्न प्रकारका हिंसाहरु हुने जानकारी गराएका थिए । हिंसाहरु न्युनिकरण गर्ने उपायकाबारेमा वृतचित्र प्रदर्शन गरेका थिए ।
सोही अवसरमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरादहका प्रमुख नारायण प्रसाद भट्टराईले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागि विद्यार्थी र अभिभावकहरुलाई दुर्घटनाबाट जोगिने तरिका सिकाएका थिए । दुर्घटनाबाट धनजनको क्षती हुने भएकाले यसबाट बच्न ट्राफिक नियम पालना गर्नु पर्ने बताएका थिए । गौरीगंज माविका निमित्त प्रधानाध्यापक भिम प्रसाद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतोले शुभकामना मन्तव्य राखेका थिए । गौरीगंज माविका शिक्षक भवानी रेग्मीले कार्यक्रम संचालन गरेका थिए ।
20200220_175041

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ११ : ३१ बजे