५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कांग्रेसले पठायाे समायाेजन लागि नामावली विवरण ( विज्ञप्ति सहित)


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

received_177757726855004
गाैरीगंज ७, फागुन / नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लाेकतान्त्रिक फाेरमकाे सांगठनिक संरचनाकाे समायाेजनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्नाे मातहतका जिल्ला कार्यसमितिलाई आज नामावली विवरण पठाएकाे छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे २०७६ साल असाेज १० गतेकाे वैठककाे निर्णय अनुसार कांग्रेस पार्टीले देशभरका महासमिति सदस्य, पर्यवेक्षक, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति पदाधिकारी, क्षेत्रिय पदाधिकारीहरूकाे विवरण समायाेजनका लागि पठाएकाे हाे ।
फाेरम लाेकतान्त्रिकबाट महासमिति सदस्य २०० जना, १४८ जना महासमिति पर्यवेक्षकसहित ६०० जना, २४ वटा जिल्लामा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य एवं ४६ वटा प्रतिनिधि सभा क्षेत्रिय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकाे नामावली विवरण पठाएकाे कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ३ : १६ बजे