३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

हाम्राेे नेपाल र विकल्प सहकारी संस्थाकाे एकिकरण घाेषणा


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

20200215_172019
गाैरादह ३, फागुन / हाम्राे नेपाल वचत तथा ऋण सहकारी संस्थाकाे प्रथम एकिकृत साधारणसभा सम्पन्न भएकाे छ ।
विर्तामोडमा रहेकाे हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था र गाैरादहमा रहेकाे विकल्प उपभाेक्ता सहकारि संस्थाबीच शनिवार एक औपचारिक कार्यक्रमकाबीच गाैरादहकाे सामुदायिक केन्द्रमा दुबै संस्था एकिकरण भएकाे घाेषणा गरिएकाे छ ।
एकीकरण पछि संस्थाकाे नाम हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था कायम गरिएकाे छ भने साेही संस्थामा आबद्व पदाधिकारीहरूलाई साधारणसभाले अनुमाेदन गरेकाे छ ।
संस्था एकीकरण पछि विकल्प उपभोक्ता सहकारी संस्थाका ११ जना सञ्चालक समिति सदस्य र ३ जना लेखा समिति सदस्यलाई सम्मानसहित सहसम्मान विदाई गरिएकाे छ ।
सहकारी संस्था एकीकरण पछि संस्थामा ९ हजार ३ सय ६७ जना सेयर सदस्य रहेकाे र संस्थाकाे सेयर पुँजी ६ कराेड ८० लाख रहेकाे संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भवानी प्रसाद दंगालले एकीकृत साधारणसभाकाे प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मीनराज कँँडेलले सरकारले घाेषणा गरे अनुसार समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुल नारालाई साकार पार्न सहकारी संस्थाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताए । विश्वका विकसित मुलुककाे अर्थतन्त्र बजबुत बनाउन सहकारीले पुर्याएकाे याेगदानलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने प्रमुख अतिथि कँडेलले धारणा राखे ।
संस्थाकाे हालसम्म १५ वटा सेवाकेन्द्र रहेकाे र एकीकरण पछि गा‌ैरादहमा १६ औ सेवा केन्द्रकाे रूपमा कार्यलय सञ्चालन गरिने जनाईएकाे छ ।
त्यस अवसरमा कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश पाेख्रेल, शुभलक्ष्मी सहकारी संस्थाका सचिव राजु घिमिरे, पुर्व नेपाल वहुउदेश्य सहकारी संस्थाका अध्यक्ष प्रेम सापकाेटा र गाैरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भाेजराज दाहाल, सहकमरी अभियन्ता गाेपाल काफ्लेलगायतले शुभकामना राखेका थिए ।
हाम्रो नेपाल बहुउद्देश्यीयका उपाध्यक्ष पृथ्वी अाेलीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सहकारी एकीकरण कार्यक्रमका संयाेजक डण्डीराज घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  २ : २५ बजे