५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

युवा नेता असारू राजवंशी प्रधानमन्त्री केपी ओलीकाेे उपसचिव पदमा नियुक्त


२८ माघ २०७६, मंगलबार  

0
Shares

20200211_222021
भद्रपुर २८, माघ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का झापा जिल्ला सदस्य असारु राजवंशी प्रधानमन्त्री केपी ओलीको स्वकीय सचिवालयका उप-सचिवमा नियुक्ति भएका छन् ।
भद्रपुर नगर इन्चार्ज समेत रहेका राजवंशीलाई मङ्गलवार स्वकीय उपसचिवमा नियुत्ती गरिएको पार्टी स्रोतले जनाएको छ । भद्रपुर ९ निवासी असारु २०५३ सालदेखि विद्यार्थी राजनीतिकमा परिचित हाल नेकपाका सक्रिय कार्यकर्ताको रूपमा चिनिन्छन् । नेकपाका युवा कार्यकर्ता राजवंशी प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् । प्रधानमन्त्री ओलीको यस अघिको कार्यकालमा पनि राजवंशी राजनीतिक सहायक विज्ञको रूपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ४ : ३९ बजे