९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

झापामा १२ प्रतिशत व्यक्तिकाे रगतमा हात्ती पाइले राेगकाे किटाणु


२२ माघ २०७६, बुधबार  

0
Shares

20200205_171811

काेचिला सम्वाददाता

गाैरीगंज २२, माघ / झापामा कुल जनसंख्याकाे १२ प्रतिशत व्यक्तिलाई हात्तीपाइले राेगकाे लक्षण फेला परेकाे एक तथ्यांकले देखाएकाे छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडेमियाेलाेजी तथा राेग नियन्त्रण विभागले २०७५ सालमा झापामा गरेकाे सर्वेक्षणमा उत्त तथ्यांक फेला परेकाे हाे । कुल जनसंख्याकाे १२ प्रतिशत व्यक्तिकाे रगत परिक्षण गर्दा रगतमा हात्तीपाइले राेगकाे किटाणु फेला परेकाे हाे । विभागले १ सय जनामा १२ जना व्यक्तिकाे रगतमा हात्तीपाइले राेगकाेे किटाणु भेट्टिएकाे जनाएकाे छ ।
याे राेग लागेकाे व्यक्तिकाे प्रतिशत शुन्यमा झार्न सरकारलेे लाखाै रूपैयाँ खर्चिरहेकाे भए पनि नियन्त्रणमा आउन भने सकेकाे छैन् ।
राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान अन्तर्गत यहि माघ २५ गतेदेखि १३ वटा जिल्लामा हात्ती पाइले राेग विरूद्व औषधि वितरण अभियान कार्यक्रम विधिवतरूपमा शुुुरू गर्दैछ । झापामा भने हात्तीपाइले राेग विरूद्वकाे अभियान नवाैं पटक हाे । यसैक्रममा झापाकाे गाैरीगंजमा बुधबार औषधी सेवन सचेतना गाेष्ठी सम्पन्न भएकाे छ । औषधी वितरण कार्यक्रम यही माघ २५ गतेवाट विधिवतरुपमा उद्घाटन शुरू गर्नु पुर्व गाैरीगंजकाे वार्ड नं. ३ र ६ मा वडा स्तरिय गाेष्ठी सम्पन्न भएकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाैरीगंज स्वास्थ्य शाखाका संयाेजक रामचन्द्र मिश्रले सहजिकरण गरेका थिए ।
कार्यक्रमका सहजकर्ता मिश्रले हातेपाईले राेगकाे किटाणु भएकाे व्यक्तिले औषधि खाए पछि टाउकाे दुख्ने, रिङ्गाटा लाग्ने, पुरूषकाे अण्डकाेष सुनिने, महिलाकाे स्तन सुनिने जस्ता असर देखा पर्ने बताएका थिए ।
सुत्केरी, गर्भवती महिला, २ वर्ष मुनिका बालबालिका, ७० वर्ष माथिका व्यक्ति र दिर्घ राेगीलाई याे औषधी खुवाउन नहुने स्वास्थ्य संयाेजक मिश्रले जानकारी गराएका थिए । ३ पटकसम्म औषधी सेवन गरे याे राेगबाट सुरक्षित हुने उनले बताए ।
सन् २००३ देखि पर्सा जिल्ला देखि हात्ती पाईले राेष विरूद्व अभियान शुरू भएकाे हाे । झापामा नाैं पटक औषधी खुवाईदैछ । याे अभियान सफल बनाउन सरकारले गाैरीगंज गाउँपालिकामा ५ लाख ३३ हजार रूपैयाँ बजेट विनियाेजन गरेेेेेेकाे छ । सबैभन्दा पुरानाे राेग कुष्टराेगसंगै हात्ती पाइले राेग देखा परेकाे हाे । नेपाल भरिमा १३ वटा जिल्लामा हात्ती पाइले राेग विरूद्वकाे अभियान शुरू भएकाे छ ।
काम गर्ने उमेरका व्यक्तिहरूमा याे राेग लाग्ने भएकाेले यसबारे व्यापकरूपमा प्रचार प्रसार गर्न वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेले बताए ।
वडा अध्यक्ष महताेले लामखुट्टेले दिउसाे र राती जुनसुकै समयमा टाेक्न सक्ने भएकाेले यसबाट बच्न सबैले औषधी सेवन गर्न आव्हान गरेका थिए ।
त्यसैगरी वार्ड नं. ६ मा पनि वडा अध्यक्ष बद्री नारायण यादवकाे अध्यक्षामा वडा स्तरिय आम औषधी सेवन अभियानकाे सचेतना कार्यक्रम सम्पन्न भएकाे थियाे । वडा नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले कसैको पनि होहल्लमा नलागी औषधी सेवन गर्न सर्वसाधाराण सबैसंग आग्रह गर्दै अभियान सफल पार्न स्वास्थ्यकर्मीहरुले सबैको घरघरमा गएर औषधी खुवाउने योजना रहेको बताएका थिए ।
स्वास्थ्य विभाग अन्तर्गत महामारी तथा राेग नियन्त्रण विभागले गत वर्ष गरेकाे सर्वेक्षणमा झापामा १२ प्रतिशत व्यक्तिमा हात्ती पाईले राेगकाे लक्षण पत्ता लागेकाे जनाएकाे छ । कार्यक्रममा प्रदेश नं१ मा झापा, माेरङ्ग र धनकुटा जिल्लामा माघ २५ गतेदेखि हातेपाइले विरूद्व औषधी वितरण गरिदैछ । लामखुट्टेबाट राेग सर्ने भएकाेले यसबाट बच्न औषधी सेवन गर्ने र झुल भित्र बस्ने उत्तम उपाय रहेकाे जनाईकाे छ ।
कार्यक्रममा वार्ड नं. ३ का वडा सदस्य हेमा आचार्य, सरिता सेर्पा, वार्ड नं. ६ का कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिम राई, रम कुमारी विक, गाैरीगंज स्वास्थ्य चाैकीका संयाेजक बेदनिधि निराैला, गाैरीगंज खजुरगाछी स्वास्थ्य केन्द्रका अनुप शर्मा, गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरे, देवकाेटा माविका संस्थापक केदार रिमाल, खजुरगाछि माविका प्रअ गहेन्द्र विक्रम साह, मुनलाइट एकाडेमीकन प्रअ विजय सिंह, वडा सचिव सुगम रेग्मी, अजय साह, पार्टी प्रतिनिधि, समाजसेवि, सुरक्षाकर्मीका प्रमुख, संघसंस्थाका प्रतिनिधि लगायतकाे सहभागिता थियाे ।

20200205_172153
झापाका १५ वटै स्थानीय तह बाट ८ लाख २६ सय ५ जना मानिसलाइ यस बर्ष हात्ती पाईले रोग निवारण अभियान अन्तर्गत औषधी सेवन गराईने लक्ष्य स्वास्थ्य कार्यलयको रहेको जानकारी गराईएकाे थियाे ।
अभियान संचालनका लागि स्वास्थ्य कार्यलयबाट ६ सय ३१ जना महिला स्वास्थ्य स्वंयमसेवीका र ४ सय १६ जना स्वास्थ्यकर्मी खटाईएको छ ।
जिल्लाका सबै स्थानीय तह हरुमा औैषधी पुरयाई सकिएकोले हात्ति पाईले एक प्रकारको डरलाग्दो संक्रमित सरुवा रोग भएकोले २ बर्ष मुनीका बालबालिका ,दीर्घ रोगी , सुत्केरी बाहेकका सबैले नागरिकले अनिवार्य औषधी सेवन गर्नु पर्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा विगतको तथ्याङ्ग अनुसार हात्तिपाईले रोगका संक्रमित हाईड्रोसिलका ३ सय ७२ जना , खुट्टा सुनीएका ७२ जना ,स्तन सुनिएका १ सय १० सहित जम्मा ५ सय ५४ जना संक्रमितहरु रहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ५६ बजे