१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

फाैजी किरा नियन्त्रणका लागि गाैरादहमा तालिम


१४ माघ २०७६, मंगलबार  

0
Shares

20200128_173937

गौरादह १४, माघ / फौजी किराबाट किसानले लगाएको बाली जाेगाउन फौजी किरा नियन्त्रणका लागि अभिमुखिकरण तालिम आज कार्यक्रम सम्पन्न भएकाे छ।
गौरादह नगरपालिका भित्रका वडा कार्यालय, सहज कार्यक्रम संस्था र चुडाल खरिदबिक्री केन्द्र गौरादहकाे संयुक्त आयाेजनामा अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएकाे हाे।पछिल्लाे समयमा धान तथा मकै बालीमा फौजी किराले आक्रमण गर्दा किसानहरूले ठुलाे क्षति बिहाेर्नु परिरहेकाले तालिम आयाेजना गरिएकाे हाे।।गुणस्तरीय बिउबिजन,प्राबिधिक र प्रबिधिमा किसानकाे सहज पहुँच पुराउने उधेश्यले बिगत बर्ष देखि चुडाल खरिद बिक्री केन्द्र गौरादहले किसानहरुलाई धान तथा उन्नतजातकाे मकै खेती प्रबर्द्धन र बजारिकरण गरी किसानहरुलाई राहात दिदैं आएकाे छ।किसानहरुकाे माग अनुसार तालिम, उन्नत जातकाे मकैकाे बीउ बितरण,मेसिनबाट मकै राेप्ने,मकै छाेडाई सुकाउने र उचित मुल्यमा मकै खरिद गर्ने गरेकाे छ। किसानहरुलाई खेतीमा आधुनिकिकरण,उन्नत जातकाे बालि लगाई आयआर्जनमा बृद्वि गराउन चुडाल खरिद बिक्री केन्द्रले सहयाेग गरेकाे केन्द्रका  प्राेप्राइटर असाेक चुडालले बताए। अभिमुखिकरण कार्यक्रम मंगलबार वडा नं -८ र ९ मा संचालन गरिएको छ। वडा नं -८ मा भएकाे कार्यक्रममा वडा भित्रका ३५ जना र वड नं -९ मा भएकाे कार्यक्रममा २५ जना किसान सहभागी भएका थिए।यस अघि साेहि प्रकृतिको तालिम वडा नं -१,६र ७ मा संचालन गरी सकिएको चुडाल खरिद बिक्री केन्द्रका भरत सेढाईले जानकारी गराए। कृषि बिकाश निर्देशनालयकी बालि संरक्षण अधिकृत सरस्वती श्रेष्ठले सहभागी किसानहरुलाई फौजी किरा नियन्त्रण तथा ब्यबस्थापनका लागि सहजिकरण गरेकि थिईन। फौजी किराकाे प्रकार,बालिमा किरा आउने अबस्था, नियन्त्रणका उपाए,प्रयाेग गरिने बिषादी लगायतका बिषयमा सहजिकरण गरेकी थिईन। विभिन्न प्रकारका राेग तथा किराहरुले बालिमा आक्रमण गरेर किसानहरु निराश भईरहेकाे समयमा यश प्रकारकाे तालिमबाट किरा नियन्त्रणमा सहयाेग पुगेकाे तालिममा सहभागी किसान ईच्छाराम धमलाले बताए। गौरादह नगरपालिकाले सहजिकरणकाे भुमिका निर्वाह गरेकाे कार्यक्रममा वडा नं ८ मा वडाध्यक्ष भुमिराज पाेख्रेल र वडा नं ९ मा वडा सदस्य यम कुमारी प्रधानकाे सभापतित्वमा तालिम सम्पन्न भएकाे दिपक बिष्ट ले जानकारी गराए।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : ५७ बजे