गौरीगंज / राजबंशी समुदायलाइ आधार बनाएर नेपाली चलचित्र निर्माण हुने भएको छ । गायक तथा निर्माता टंक बुढाथोकीको प्रस्तुतीमा निर्माण हुने चलचित्रको नाम “रसीया” रहेको निर्माण युनिटले कोचिला न्युजलाई जानकारी दिएको छ ।
यसअघि आदिबासी सांगीतिक एल्मब (सिरुवारे सम्झना) समेत बजारमा ल्याईसकेका टंकले “रसीया” मा पनि सांगीतिक प्रेम कथा रहने जनाएका छन् । यो फिल्म नेपाली चलचित्रको स्तरमा निर्माण हुने र राजवंशी भाषामा हुने जनाइएको छ । यस चलचित्रमा टंक बुढाथोकीसहित दुर्गा राजवंशी पनि निर्माताको भुमिकामा रहने छन् । चलचित्रको छायांकन पुर्व क्षेत्रमा हुने र बर्षा सके लगतै शुरु हुने जनाइएको छ ।
पुर्बी नेपालमा छायांकन गर्ने चलचित्र करिब २ घण्टाको बन्ने जनाइएको छ । चलचित्रको कथा फाईनल भईसकेको र कलाकार छनौटको काम चलिरहेको छ ।
“रसीया” मा हरेन्द्र खत्रीको निर्देशन रहनेछ भने सहायक निर्देशन सञ्चारकर्मी शिशिर बुढाथोकीले गर्ने बताईएको छ । कलाकारितामा नजिकिदै गरेका शिशिरले नै चलचित्रको सम्पादन गर्नेछन् ।